“जनयुद्धमा बितेका पलहरू“को लोकार्पण

काठमाडौँ ।क्रान्तिकारी वेगसहित सोनाम सज्जन किरातीद्वारा रचित संस्मरणात्मक पुस्तक “जनयुद्धमा बितेका पलहरू“को लोकार्पण गरिएको छ। प्रमुख अतिथि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईलगायतले लोकार्पण गर्नुभएको थियो । कुलपति राईले “जनयुद्धमा बितेका पल“हरू इतिहासको क्रान्तिकारी दस्तावेज हो र तत्कालीन समयको यथार्थ र सत्यता पनि हो भन्नुभयो । यस कार्यक्रमका अतिथि माननीय रामकुमार राई, नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा.धनप्रसाद सुवेदी ,प्राज्ञ परिषद् सदस्य डा.मधुसूदन गिरी, लक्ष्मी तामाङ ,मिलन कान्छा किराती,लगायतको मन्तव्य दिनु भएको थियो । अतिथिमा प्राज्ञ बाबा बस्नेत ,प्राज्ञ अगिव बनेपाली, प्रा.डा राजनप्रसाद पोखरेल, उपप्राध्यापक तेजविलास अधिकारी, प्राज्ञ सभासदस्य प्रकाश तिवारी, साहित्यिक पत्रकार तिलक चामलिङ, समालोचक सुधा मैनाली, रावासावा प्राज्ञिक समाजका अध्यक्ष बम बानियाँले स्वागत मनतव्य र आफ्नो पुस्तक जनयुद्धमा बितेका पल“बारे सोनाम सज्जन किरातीले धारणा राख्नुभपएको थियो । कार्यक्रम अखिल नेपाल लेखक सङ्घका काबा अध्यक्ष स्वप्निल स्मृतिको अध्यक्षतामा भयो । यस कार्यक्रमको सञ्चालन विक्रम चेतनशीलले गर्नुभएको थियो ।

 

Comments are closed.