गृहमन्त्री श्रेष्‍ठ र अष्ट्रेलियाका राजदूत भोल्कबीच भेटवार्ता, के भयो कुराकानी?

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्‍ठ र नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कबीच भेटवार्ता भएको छ ।

बिहीबार गृह मन्त्रालयमा भएको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध सौहार्दपूर्ण रहेको उल्लेख गर्दै अष्ट्रेलियायाले नेपाललाई प्रदान गर्दै आएको सहायताको लागि विशेष धन्यवाद दिएका थिए ।

प्रतिउत्तरमा राजदूत भोल्कले नेपालजस्तो आत्मीय देशको विकास साझेदार हुन पाउँदा आफूहरूलाई खुशी लागेको र भर्खरै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र कृषि तथा पशुपन्छी मन्त्रालयसँग पनि साझेदारी बढाउनेतर्फ सहकार्य भइरहेको जानकारी गराईन ।

व्यापारमा समेत साझेदारी गर्न अष्ट्रेलिया इच्छुक रहेको र दुई देशबीच उच्चस्तरीय व्यापार सम्झौताको तयारी भइरहेको राजदूत भोल्कको भनाइ छ । व्यापार सम्झौताका लागि अक्टोबरमा अष्ट्रेलियाका उच्च अधिकारीले नेपाल भ्रमण गर्ने उनले बताईन ।

Comments are closed.