Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literature

डिशहोम बाह्रखरी कथा प्रतियोगिता–२०८२’ का उत्कृष्ट २५ कथाकारको नाम सार्वजनिक

Editorial Team by Editorial Team
December 21, 2025
in Literature, Nepal, News
0
डिशहोम बाह्रखरी कथा प्रतियोगिता–२०८२’ का उत्कृष्ट २५ कथाकारको नाम सार्वजनिक
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – सातौँ संस्करणको ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८२’ का लागि प्राप्त कथाहरूमध्येबाट उत्कृष्ट २५ कथाहरू चयन भएको छ ।

बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८२ को मूल निर्णायक समूहका संयोजक साहित्यकार अशेष मल्ल तथा सदस्यहरू कथाकारद्वय मञ्जु काँचुली र अभय श्रेष्ठ सम्मिलित टोलीले उत्कृष्ट २५ कथा चयन गरेको हो ।

यस वर्षका उत्कृष्ट २५ मा पर्न सफल कथाका कथाकारहरूमा चेतनाथ आचार्य, उमेश श्रेष्ठ, शेखर दहित, शिवराज शाही, कृष्णराज सर्वहारी, ऋतेश गुरुङ, प्रज्ञा निरौला, सीता पाण्डे, भोगेन्द्र लिङ्देन, हरिबोल काफ्ले, वसन्तबायुङ राई (नाम्दोचा), लक्ष्मण सिटौला, इन्द्रप्रसाद गोतामे (जगतजङ्ग), जमुना भट्टराई, अनिता पन्थी, अविनाश भट्टराई, मन्दिरा मधुश्री र अमित घिमिरे रहेका छन् ।

त्यसैगरी, अन्य कथाकारमा टीकाराम पोखरेल, उमा शर्मा, अनिता कोइराला, विष्णु एस राई, दामोदर ढुङ्गेल, प्रकाशकुमार शर्मा र डा. हिमलाल श्रेष्ठका कथा परेका छन् ।

डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिताको सातौँ संस्करणका लागि असोज ३१ गते कथा आह्वान गरिएकोमा देश/विदेशबाट एक हजार १६८ कथा प्राप्त भएका थिए । प्राप्त कथामध्येबाट आन्तरिक निर्णायक समूहले ५९ वटा कथा छनोट गरी साहित्यकार मल्लको संयोजकत्वमा गठित मूल निर्णायक समूहलाई उत्कृष्ट २५ कथा चयनका लागि उपलब्ध गराएको थियो ।

यस वर्षदेखि प्रतियोगितामा सर्वोत्कृष्ट तीन पहिलो, दोस्रो र तेस्रो हुने कथाका कथाकारलाई क्रमशः दुई लाख, एक लाख र ६० हजार रुपैयाँ नगद राशिका साथै पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

उत्कृष्ट २५ भित्रका बाँकी २२ कथाकारलाई जनही सात हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ ।

पहिलो चरणको उत्कृष्ट ५९ भित्र पहिलोपटक पर्दै २५ भित्र पनि पर्न सफल कथाकार उमेश श्रेष्ठले बाह्रखरीसँग कुरा गर्दै उत्कृष्ट ५९ मा नाम देखेको तर आफ्नो कथा नै हो भन्ने विश्वास नलागेको बताए ।

उत्कृष्ट बाह्रखरी कथा आफूले अघिल्ला वर्षहरूदेखि नै पढ्दै आएको बताउँदै कथाकार श्रेष्ठ आफूले ग्रामीण परिवेशको कथा नलेखे पनि त्यस्ता सामाजिक कथाहरूले आफूलाई तान्ने गरेको बताए ।

“यस्ता प्रतियोगिताले समाजको यथार्थ प्रतिविम्बलाई कथाहरूमा प्रतिविम्बित गरिरहेको हुन्छ । त्यसैले कथा प्रतियोगिताको आफ्नै महत्व छ,” कथा प्रतियोगिताको आफैंमा विशेष महत्व रहेको बताउँदै श्रेष्ठले भने, “बाह्रखरी उत्कृष्ट कथामा सिंगो नेपालको सामाजिक परिवेश झल्किन्छ । यस्ता प्रतियोगिताले नयाँ नयाँ कथाकारहरू जन्माउँछ ।”
दुवै चरणमा पहिलोपल्ट पर्न सफल अर्का कथाकार मन्दिरा मधुश्रीले २५ भित्र पर्नु र उत्कृष्ट कथाको पुस्तकभित्र अट्नु आफ्ना लागि ठूलो महत्वको विषय भएको बताइन् । उनी यो कथाकृति कथाकारहरूलाई कालान्तरसम्म जिवीत राख्ने अभिलेख भएको बताउँछिन् ।

“कुनै पनि कथाकारले समयसापेक्ष कथा लेख्नुपर्छ भन्ने लाग्छ । कथाकारले समयलाई पनि चिन्न सक्नुपर्छ । त्यो समय कलात्मक रूपमा कथामा बोलिनुपर्छ,” मन्दिरा भन्छिन्, “कथाकारले आफ्नो लेखनलाई समयअनुसार परिवर्तन गर्दै लानुपर्छ । आजका पाठक सचेत भइसकेका छन् । पाठकलाई छुने कथा कथाकारले दिनै पर्छ ।”
कोहलपुरमा बसेर साहित्यसेवा गर्दै आएका कथाकार शेखर दहितले विशेष गरी थारु भाषामा साहित्य रचना गर्दै आएका छन् । उनी आफू थारु भाषाको प्रवद्र्धन र संरक्षण होस् भन्ने हेतुले मातृभाषा साहित्यमा लागेको बताउँछन् ।
“मेरो पकड जति थारु भाषामा छ, नेपालीमा नहोला । मैले थारु भाषामा कथाहरू लेख्दै आएको हुँ,” उनी अगाडि थप्छन्, “तर, यो कथा प्रतियोगिताको चर्चा चलेपछि मैले नेपाली भाषामा पनि कथा लेख्नुपर्छ र प्रतियोगितामा भाग लिनुपर्छ भन्ने सोचेँ । त्यही सोचले आज म उत्कृष्ट २५ भित्र परेको छु । यो मेरा लागि उत्प्रेरणा हो ।”
शेखर कथालाई समाजको ऐना भन्न रुचाउँछन् । “राज्य, समाज र आफ्नै समुदायसँग मानिसका धेरै इच्छा/अपेक्षाहरू हुन सक्छन् । त्यो इच्छा उनीहरूले पूरा गर्न सकिरहेका हुँदैनन्,” उनी भन्छन्, “त्यस्ता विषय सन्दर्भ कथासाहित्यमा लेखियो भने त्यो कथामात्र नभएर समाजको अभिलेख पनि बन्छ । किनभने आम मानिसको समस्या कथामा नै भए पनि अभिव्यक्त हुन्छ ।”
पहिलोपल्ट ५९ हुँदै २५ मा पर्न सफल कथाकार प्रज्ञा निरौला आफ्नो रचनाले उत्कृष्टताको यो स्थान पाउँदा खुसी लागेको बताउँछिन् । “कतिबेला कुन प्रसंग र विषयवस्तुले पाठकलाई छुन्छ भन्न सकिन्न । मनछुने त्यस्ता रचनाले नै स्थान पाउँछ भन्ने लाग्छ,” विभिन्न पत्रपत्रिकामा फुटकर रूपमा कथा लेख्दै आएकी प्रज्ञा भन्छिन्, “जब, एउटा राम्रो बीज मस्तिष्कबाट उम्रिन्छ र परिपक्व भएर कथाका रूपमा बाहिरिन्छ, त्यसले पाठकको मन जित्नुका साथै पुरस्कृत हुने अवसर पनि पाउँछ ।”
अमेरिकाको क्यालिफोर्नियामा बस्ने कथाकार जमुना भट्टराई उत्कृष्ट २५ भित्र पर्नु आफ्ना लागि उपलब्धि मात्र नभई सिर्जनाहरूलाई आफूले सही दिशामा अघि बढाइरहेकी छु भन्ने आत्मविश्वासको प्रमाण पनि भएको बताउँछिन् । “यथार्थको नजिक रहेर मौलिक भावनाले पाठकलाई बाँध्न सक्ने कथाहरू नै प्रतिस्पर्धामा अगाडि आउने रहेछन् भन्ने मलाई लाग्छ,” उनी भन्छिन् ।
यस वर्षको प्रतियोगिताको प्रथम, द्वितीय, तृतीय कथाको नतिजासहित कथाकृति ‘उत्कृष्ट कथा २०८२’ यही पुस १० गते बिहीबार काठमाडौंमा आयोजना गरिने विशेष समारोहबीच सार्वजनिक गरिनेछ ।
यस वर्ष पनि कथा प्रतियोगिताको टाइटल स्पोन्सर डिश होम (डिश मिडिया नेटवर्क लि.)ले गरेको छ भने ‘उत्कृष्ट कथा, २०८२’ को प्रकाशन पार्टनर फाइनप्रिन्ट रहेको छ । प्रतियोगिताका अरू सहयोगी संस्थामा एनआईएमबी बैंक, युनाइटेड अजोड इन्स्योरेन्स लि., गोल्याण समूह, वेदालय कन्स्ट्रक्सन, यती एयरलाइन्स, हिमालय एयरलाइन्स र एआईटीएम कलेज रहेका छन् ।

Advertisement Banner
Previous Post

European Commission takes action for clean and competitive automotive sector

Next Post

US Tightens Visa Scrutiny, Causing Interview Delays

Editorial Team

Editorial Team

Next Post
US Tightens Visa Scrutiny, Causing Interview Delays

US Tightens Visa Scrutiny, Causing Interview Delays

Recommended

Former England cricketer Hugh Morris dies at age of 62

Former England cricketer Hugh Morris dies at age of 62

9 months ago
Minister for Energy, Water Resources and Irrigation Kulman Ghising said the current government is working to restore public confidence by ensuring good governance

Nepal Govt terminates 22 stalled irrigation contracts worth Rs 14.23 billion

9 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.