काठमाडौँ : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भोलिदेखि बिक्री गरिने खसी, बोका र च्याङ्गाको मूल्य सार्वजनिक गरको छ।
कम्पनीले जिउँदो खसी, बोकाको मूल्य प्रतिकिलो ६८० रुपैँया पर्ने जनाएको छ। च्याङ्ग्राको भने प्रतिकिलो १२ सय ६० रुपैँया तोकिएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन्।
खाद्यले ती मूल्यमा प्रतिकेजी १० रुपैँया छुट दिएर बिक्री गर्ने यसअघि नै घोषणा गरिसकेको छ। जसअनुसार सर्वसाधारणले भोलि बिहान ८ बजेदेखि कम्पनीको थापाथलीस्थित कार्यालयबाट खसीबोका प्रतिकिलो ६ सय ७० र च्याङ्ग्रा प्रतिकेजी १२ सय ५० रुपैँयामा खरिद गर्न पाउनेछन्।
यस वर्ष खाद्यले दशैँका लागि २ हजार खसीबोका र १ हजार वटा च्याङ्ग्रा ल्याएको छ।
Comments are closed.