Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literature

वक्तृत्वकला प्रतियोगिताको छनौट चरण सम्पन्न

Editorial Team by Editorial Team
December 15, 2025
in Literature, Nepal, News
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तिलोत्तमा – शुभयात्रा नेपाल रूपन्देहीले आयोजना गरेको तिलोत्तमा नगरस्तरीय असल नेतृत्व वक्तृत्वकला प्रतियोगिताको छनौट चरण अन्तर्गत वडानम्बर ६ को छनौट कार्यक्रम शनिबार सम्पन्न भयो ।
नगरभित्र बसोबास गर्ने सत्र वटै वडाका मा.वि. तहका विद्यार्थीबीच “असल नेतृत्वमा आधारित” प्रतिस्पर्धा गराउने अभियान अन्तर्गत यो कार्यक्रम भएको जिल्ला अध्यक्ष मुक्तिनाथ गैह्रेले बताउनुभयो ।
तालिम सहितको प्रतियोगिता उद्घाटन गर्दै तिलोत्तमा नगरपालिका वडानम्बर ६ का वडाध्यक्ष गणेश पाठकले आफ्ना वडाका समस्या र सम्भावनाबारे नयाँ पुस्ताको दृष्टिकोण बुझ्न पाउने कार्यक्रमका लागि आभार व्यक्त गर्नुभयो ।
शुभयात्रा नेपाल आनन्दवन समितिका संयोजक तुल्सी पाण्डेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै संस्थाका केन्द्रीय अध्यक्ष मधुसुदन गैह्रेले पञ्चसूत्रीय योजना सँगै अन्य रचनात्मक क्रियाकलापमा संस्था गतिशील भएको बताउनुभयो । उहाँले नेपालका ३ वटा देवभूमिक्षेत्र, ७ वटा गौ–चरण क्षेत्र, क्यान्सर अस्पताल, फोहरमुक्त नेपाल र पर्यटनका पञ्चसूत्रीय योजनामा शुभयात्रा नेपाल केन्द्रित भएको जानकारी दिनुभयो ।
कार्यक्रममा, संस्थाका जिल्ला अध्यक्ष एवम् विश्व वक्तृत्वकला प्रतियोगितामा सान्त्वना भएका जेसीजका अन्तर्राष्ट्रिय सहजकर्ता मुक्तिनाथ गैह्रेले सहभागीलाई प्रतियोगिता प्रशिक्षण समेत दिनुभएको थियो । त्यसैगरी, प्रतियोगिताको प्रस्तुतिपश्चात सबै सहभागीलाई पृष्ठपोषण समेत दिइएको निर्णायक मण्डलका सदस्य श्रवण ढुंगानाले जानकारी दिनुभयो ।
प्रारम्भिक प्रशिक्षण एवम् छनौट प्रतियोगितामा पहिलो हुँदै डन मोडेल एकेडेमीका सक्षम पौडेल नगरस्तरीय अन्तिम प्रतियोगितामा प्रवेश गर्नुभएको छ । प्रतियोगितामा दोस्रो हुने न्यू इन्भाइरनमण्ट मा.वि.का श्रध्दा राना र तेस्रो हुने शान्ति नमूना मा.वि.का सुरेन्द्र बानियाँ पुरस्कृत हुनुभएको निर्णायक मण्डलका सदस्य उमेश सापकोटाले जानकारी दिनुभयो ।
सुनीता भुसालको स्वागतमा डन मोडेल एकेडेमीमा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुबोध भट्टराई, सहायक प्रधानाध्यापक सन्तोष पौडेल, निर्णायक मण्डलका संयोजक वेदप्रसाद न्यौपाने, वडा सदस्य एवम् बालमैत्री सम्पर्क व्यक्ति सीता खनाल गौतम, शिक्षक गोविन्द अर्याल लगायतले विद्यार्थीमा असल नेतृत्व विकाशका लागि कार्यक्रम उत्कृष्ट भएको बताउनुभयो ।
चन्दा भुसालको सञ्चालनमा भएको कार्यक्रममा बालमैत्री सहजकर्ता मीना पौड्याल भट्टराई स्थानीय टोल विकाश संस्थाका अध्यक्षहरूः सुना श्रीस, छबिलाल भण्डारी, आजीवन सदस्य हरिप्रसाद भण्डारी, किण्डरवल्र्ड मण्टेश्वरीका संस्थापक केशव पाठक, उमा विद्यालयका शिक्षक सीता घिमिरे, लगायतको उपस्थिति रहेको थियो ।
फागुन ७ गते हुने अन्तिम प्रतियोगिताको छनौट चरण अन्तर्गत वडानम्बर ७ को कार्यक्रम पुस ५ गते समता भवन केवलानीमा सञ्चालन गरिने भलवारी समितिका संयोजक सरस्वती गैह्रेले जानकारी दिनुभयो ।

Advertisement Banner
Previous Post

अष्ट्रेलिया गोलीकाण्डमा मृतकको संख्या १५ पुग्यो, ४० जना घाइते

Next Post

गणेश खड्का को “तिमी पुग्यौ धेरै टाढा” गीत सार्वजनिक

Editorial Team

Editorial Team

Next Post
गणेश खड्का को “तिमी पुग्यौ धेरै टाढा” गीत सार्वजनिक

गणेश खड्का को “तिमी पुग्यौ धेरै टाढा” गीत सार्वजनिक

Recommended

हर्कजङ गुरुङको जीवनीमा आधारित पुस्तक ‘हर्कजङ गुरुङ, बहीदार बा’ प्रकाशित

हर्कजङ गुरुङको जीवनीमा आधारित पुस्तक ‘हर्कजङ गुरुङ, बहीदार बा’ प्रकाशित

4 years ago
कैद मिनाहाको फाइल राष्ट्रपतिसम्म पुर्‍याउनु पर्ने कानुनी व्यवस्था सच्याउनू -सर्वोच्च अदालत

कैद मिनाहाको फाइल राष्ट्रपतिसम्म पुर्‍याउनु पर्ने कानुनी व्यवस्था सच्याउनू -सर्वोच्च अदालत

3 months ago

Don't Miss

Nepal Eases Entry Fee Rules for Upper Mustang Tourists

Mustang allocates Rs 23 million for tourism development

March 25, 2026
Bird flu outbreak puts Jhapa and Morang on high alert

Bird flu outbreak puts Jhapa and Morang on high alert

March 25, 2026
Rs 133.5 million collected in govt fund for restoration after Gen Z movement

Nepal: Ministries told to submit budget plans by March 29

March 25, 2026
NEPSE jumps 42 points as turnover crosses Rs 11.85 billion

NEPSE extends gains with 23.83-point rise

March 25, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.