मिस्टर एन्ड मिस नेसनलका टप ३० फाइनालिस्ट

मिस्टर एन्ड मिस नेसनल २०२४ का अन्तिम ३० जना प्रतियोगी घोषणा भएको छ। बुधबार आयोजित स्यास सेरेमोनीमा सेमी-फाइनालिस्ट सार्वजनिक गरिएको हो।
देशका विभिन्न स्थानहरुमा सञ्चालन गरिएको अडिसनमार्फत यी प्रतिस्पर्धी छानिएको सनुर्वी इन्टरनेसनलका सञ्चालक तथा मिस्टर एण्ड मिस नेसनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्ययले बताए।
यसपटक चिकित्सक, विद्यार्थी, मोडल लगायतका पेशाका युवा युवतीले यस संस्करणमा भाग लिएका छन्। देशका विभिन्न स्थानबाट छनोट गरिएका प्रतियोगीहरुलाई ३ हप्ताको ट्रेनिङ प्रदान गरिनेछ। सम्पूर्ण छनोट भएका प्रतियोगीहरूको पोर्टफोलियो सुट समेत गराइनेछ।
विजेताहरुलाई ५ लाख बराबरको गिफ्ट ह्याम्परका साथै मिडिया एक्स्पोजर र नेपालको प्रतिनिधित्व गर्न मिस्टर एण्ड मिस सुप्रा नेसनल नेपाल २०२४ लाई पोल्यान्ड, मिस्टर इन्टरनेसनल नेपाल २०२४ लाई थाइल्यान्ड, मिस ग्लोब नेपाल २०२४ लाई अल्बानिया र मिस इन्टर कन्टिनेन्टल नेपाल २०२४ लाई इजिप्ट पठाइने छ।
प्रतियोगितामा प्रतियोगीहरुले ट्यालेन्ट राउन्ड, टप मोडल राउन्ड, स्वीम वेयर राउन्ड, एलिगेन्स राउन्ड, फिट्नेस राउन्ड जस्ता विविध विधामा आफ्नो प्रतिभा प्रदर्शन गर्ने छन् भने पृथ्वी दिवसको अवसर पारेर वृक्षरोपण गर्ने विशेष योजना छ।
प्रतियोगिताको टप मोडल राउण्ड र स्वीम वेयर राउण्ड कुश्माको हार्नेस जिप्लाइन्मा आयोजना गरिनेछ। प्रतियोगितालाई अन्तरराष्ट्रियस्तरका निर्णायकहरुको उपस्थितिमा मूल्यांकन गर्नेछन्।

Comments are closed.