साहित्यकार श्रेष्ठ प्रिया ‘पत्थर’को मुक्तकसंग्रह ‘अग्नि उद्दीप्त’लोकार्पण

काठमाडौंः साहित्यकार श्रेष्ठ प्रिया ‘पत्थर’को मुक्तकसंग्रह ‘अग्नि उद्दीप्त’ एक समारोहकाबिच लोकार्पण गरिएको छ।
आवरण प्रकाशनको आयोजनामा बुधबार काठमाडौंमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि आख्यानकार माया ठकुरीलगायतले कृति लोकार्पण गरे। यसअघि उपन्यास, कविताकृति, गजलसंग्रह, कथासंग्रह, संस्मरण, समीक्षालगायत १७ कृति प्रकाशनमा ल्याइसकेकी ‘पत्थर’को यो १८औँ कृति र पहिलो मुक्तकसंग्रह हो।
कार्यक्रमका कथाकार माया ठकुरीले साहित्यकार प्रियाका मनका भावहरू यस कृतिभित्रका मुक्तकहरूमा स्पष्ट देखिने उल्लेख गरिन्। साहित्यकार उषा शेरचनले सुदूरपश्चिममा टड्कारो देखिने साहित्यिक अनुहार श्रेष्ठको भएको उल्लेख गर्दै उनको साहित्यिक क्रियाशीलताको चर्चा गरिन्। धनगढी बसेर निरन्तर साहित्यिक सिर्जनामा लागिरहने श्रेष्ठ प्रिया ‘पत्थर’ले आफूलाई काठमाडौंले सधैँ माया गरेको बताइन्।

Comments are closed.