रुसले युक्रेनमा ७७ नागरिकलाई मृत्युदण्ड दिएको रष्ट्रसङ्घको दाबी

एजेन्सी । रुसले युक्रेनमा स्वेच्छाचारी नजरबन्दमा राखिएका ७७ जना सर्वसाधारणलाई मृत्युदण्ड दिएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

युक्रेनमा संयुक्त राष्ट्रसङ्घ मानवअधिकार अनुगमन मिसनका प्रमुख माटिल्डा बोगनरले जेनेभामा पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् ।

उनले भने, ‘हामीले रुसी सङ्घले मनमानी ढङ्गले हिरासतमा राखेका ७७ जना सर्वसाधारणलाई मृत्युदण्ड दिएको विषयको सारांश दस्तावेजीकरण गरेका छौँ ।

Comments are closed.