काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघ र चीनको भ्रमण सफल भएको दाबी गर्नुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा आफ्नाे भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले समग्रमा दुवै भ्रमण सफल भएको दाबी गर्नुभयाे ।
संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीस्तरमा भएको सहभागिताबाट नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायको सद्भाव हासिल गर्ने विषयमा सफलता हासिल गरेकाे उहाँले दाबी गर्नुभयाे ।
नेपालमा द्वन्द्वबाट शान्तितर्फ रुपान्तरणको सफल उदाहरणलाई अन्तर्राष्ट्रिय समुदायले उचित मान्यता दिनुपर्ने, दिगो विकासका लक्ष्यको कार्यान्वयन तथा जलवायु परिवर्तनका प्रभावबारे नेपाल लगायत अतिकम विकसित मुलुकका चुनौती र तिनको सम्बोधनका लागि विश्वसमुदायको ध्यानाकर्षण गराउने विषयमा नेपाल यसपटक देखिने गरी प्रस्तुत गर्न सफलता मिलेको पनि प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे ।
कोभिड-१९ महामारीका कारण लामो समयदेखि उच्चस्तरमा कुनै भ्रमण नभएका सन्दर्भमा मेरो भ्रमणले नेपाल र चीनबीच आपसी विश्वासको वातावरणलाई थप सुदृढ गर्दै दुवै मुलुकबीच रहिआएको ऐतिहासिक सम्बन्धको समग्र पक्षलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास लिएको पनि उहाँले बताउनुभयाे ।
Trending Now
- Newly appointed ambassadors sworn in by President Shri Ramchandra Poudel
- Russian President Proclaims Revenge for Ukraine Drone Strike
- आख्यानकार रमेश विकल स्मृति दिवसमा स्रष्टा पुरस्कृत
- पनौतीका केही जात्रापर्वहरुको पुस्तक तेस्रो संस्करण सार्वजनिक
- 2024 ‘hottest year’
- Plane crash in Brazil kills 10, injures 17
- Five ambassadors take oath
- 72 billion and 93 crore rupees assistance in improvement of electricity transmission and distribution system
- Significant increase in foreign aid commitments, two billion received in five months
- सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
Comments are closed.