झुट बोल्ने कुरा छैन, सरकारको नेतृत्वले राम्रो काम गरिरहेको छ : देउवा

विराटनगर । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारको नेतृत्वले राम्रो काम गरिरहेको दाबी गरेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको नाम लिँदै पार्टीको कोशी प्रदेश सम्मेलनमा सम्बोधनका क्रममा देउवाले आफूले झुट नबोल्ने समेत बताए ।‘झुट बोल्ने कुरा छैन, ओलीजीले राम्रो काम गर्दै हुनुहुन्छ,’ देउवाले भने । कांग्रेस–एमालेको गठबन्धन स्थायित्वका लागि बनेको दाबी गर्दै उनले प्रधानमन्त्रीले सबै काम राम्रो गरेको दाबी गरेका हुन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण निकै महत्त्वपूर्ण काम गरेर आएको पनि बताए । ‘…मित्रराष्ट्र चीनको भ्रमणका क्रममा निकै महत्वपूर्ण कुरा गरेर आउनुभएको छ,’ देउवाको भनाइ थियो ।चीन भ्रमणका क्रममा भएको सम्झौताका विषयमा प्रधानमन्त्री ओलीलाई बधाई ज्ञापन पनि गरे ।स्थायित्वका लागि एमालेसँग मिलेर सरकार बनाउनु परेको उल्लेख गर्दै देउवाले दुई पार्टी मिल्दा देशमा स्थायित्व आउने जिकिर समेत गरेका छन् ।

Comments are closed.