Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

‘चित्तौन कचेहेरी’को तेस्रो संस्करण सम्पन्न

Editorial Team by Editorial Team
December 14, 2025
in Literary Festival & Event, Nepal, News
0
‘चित्तौन कचेहेरी’को तेस्रो संस्करण सम्पन्न
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

चितवन — ‘कविता कचेहेरी’मा कविता र गजल बाचनसँगै बिहीबार साँझदेखि नारायणगढको नारायणी कला मन्दिरमा सुरु भएको ‘चित्तौन कचेहेरी’को तेस्रो श्रृङ्खला ‘कविता, चेतना र प्रतिरोधको हतियार’ सत्रमा भारत र नेपालका कविले विशर्म गरेसँगै शनिबार साँझ समापन भएको छ ।

यो बीचमा भएका १५ सत्रमा ५० बढी व्यक्तिहरुले जेन–जी आन्दोलनदेखि आदिवासी, सिनेमा, राजनीति, नागरिता र किनारामा पारिका समुदायका विषयमा मन्थन गरेका थिए ।

जेन–जी आन्दोलनका नेतृत्वकर्ता रक्षा बम र शिव यादवलाई नेपाली कांग्रेसका युवा प्रतिनिधि सविन तिमिल्सिना र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य क्रान्तिशिखा धितालसँगै राखेर पत्रकार वसन्त वस्नेतले ‘जेन–जी आन्दोलन, अर्न्त्य र वैचारिकी’ शीर्षकमा बहस गरे ।
शनिबार बिहान यो बहस चल्दै गर्दा बस्नेतले सुनाए ‘उता काठमाडौं तिर जेनजी आन्दोलनमा नेता भएन, विचारविहीन अवस्था देखियो भनिन्छ । तर जेन–जी आन्दोलनमा नेता छन् विचार पनि छन् भन्ने यहाँ आएर पक्का भयो ।’
बहसमा रक्षा बमले भने कि थिइन् ‘संविधानलाई अझै कसरी सुदृढ बनाउने भन्ने विषयमा बहस चल्न आवश्यक छ । संविधानसँगै धेरै विषयहरु जोडिएको छ । यसलाई कागजको खोस्टो मान्न हुँदैन ।’ त्यसैगरी शिव यादवले २०७२ सालमा संविधान जारी हुँदा नै संशोधनको विषय उठाएर पाँच दिन हिरासतमा पुगे पनि अहिले संविधान संरक्षणको विषय उठाउने अवस्थामा पुगेको बताए । ‘तर यो संविधानले विविधतालाई स्वीकार्ने र समेट्ने व्यवस्था गरेर देश सवैको हो भन्ने बनाउनु पर्दछ’ उनले भने ।
त्यस लगत्तै ‘आन्दोलन र राजनैतिक परिवर्तन, अन्तरपुस्ता संवाद’ सत्रमा पनि युवा र देशको अवस्थाका बारेमा बहस चल्यो । यो सत्रपछि जेन–जी आन्दोलनमै केन्द्रित रहेर ‘भदौ २३ र २४ कस्को जवाफदेही के’ शीर्षकमा उषा तितिक्षुले ईन्द्र अधिकारी, आशिष सापकोटा र मजिद अन्सारीसँग सम्वाद गरेकी थिइन् ।
‘चित्तौन कचेहेरी’ बेटर चितवन नामक संस्थाको आयोजना र नारायणी कला मन्दिर र थारु कल्याणकारिणी सभा चितवनसहित विभिन्न ६ संघ संस्थाको सह–आयोजनमा सम्पन्न भएको हो ।
तीन वर्षदेखि हुँदै आएको ‘चित्तौन कचेहरी’को तेस्रो श्रृङ्खलामा जेनजी आन्दोदनको विषय केन्द्रमा त थियो नै आदिवासीको विषयले पनि प्रथामिकता पाएको थियो । चितवनका आदिवासी थारु समुदायको भाषाबाटै ‘चित्तौन कचेहेरी’ नामाकरण भएको छ।
त्यसै गरी यो पटक ‘चित्तौन कचेहेरी’को मुख्य वक्तामा भारत झारखण्डको आदिवासी समुदायका कवि तथा पत्रकार जसिन्ता केरकट्टा रहेकी थिइन् । उनको विद्वत् प्रवचनबाटै शुक्रबार ‘चित्तौन कचेहेरी’का बहसका सत्रहरुको सुरुवात भएको थियो ।
उनै भारतीय कवि तथा पत्रकार जेसिन्तासँगै भारतबाटै आएका अर्का कवि अरिफ राजा र नेपाली कवि सरिता तिवारीसँग भारतका नेपाली भाषी कवि तथा पत्रकार मनोज बोगटीले कविताको अर्थ र सामर्थ्यका बारेमा संवाद गरेसँगै ‘चित्तौन कचेहेरी’को तेस्रो श्रृङ्खला सकिएको थियो ।
शनिबार सत्र सुरु हुनुभन्दा अघि थारु समुदायमा प्रचलिन ‘मुठिया’ कला र मिथकबारे कारी महतोले बताएका थिए । मुट्ठी बन्द गरेर कान्छी औंलातर्फको भाग चामलको भिजाएको पिठोमा चोपेपछि भित्तामा छाप लगाइन्छ ।
‘मुठिया’ भनिने यस्तो छाप थारु समुदायको सांस्कृतिक पहिचान भएको उनले बताए । यससँगै जोडिएर आउने धार्मिक कथाका बारेमा लामा लामा गीतहरु नै तयार भएको उनले सुनाए । ‘तिहारका बेला थारु समुदायले मनाउने सोहराई पर्वमा घरका भित्ताहरुमा यस्तो छाप बनाइन्छ,’ कारीले भने ।
थारु समुदायको विषयमा शुक्रबार पनि चितवनका पत्रकार तुलमान गुरुङले रुक्मिणी चौधरी र कृष्ण हातेछुसँग ‘बहिस्करणमा थारु, सकस र निकास’ सत्रमा बहस गरेका थिए । त्यसैगरी शनिबार पनि ‘आदिवासी संस्कृति र पर्यटन उद्यम, सामुदायिक लाभांस खोइ’ भन्दै सौराहाका होटल व्यवसायी गुणराज थपलिया, चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत अविनास थापा मगरसँगै थारु समुदायका अगुवाहरु ललित चौधरी र सञ्जय चौधरीलाई राखेर बहस भएको थियो ।
‘राजनैतिक परिवर्तनमा अपाङ्गताका मुद्दा खोइ’ शीर्षकको बहस सत्रका सहभागीहरुले संविधान, कानुन र दलहरुले अपाङ्गता भएका व्यक्तिलाई नसम्झेको बताए । मतदान केन्द्रमासमेत दुख कष्ट बेहोरेर भोट हाल्न जानुपर्ने अवस्था रहेको हुँदा आउँदो निर्वाचनमा एक भोट दिन मात्रै अपाङ्गता भएका व्यक्तिहरु किन जाने भन्ने प्रश्न सो बहसमा उठेको थियो ।
‘चित्तौन कचेहेरी’लाई आयोजकले विचारहरुको उत्सव बताउँदै आएका छन् । अरुले नसम्झेका मुद्दाहरु ‘चित्तौन कचेहेरी’मा उठ्ने उनीहरुको दाबी छ ।

 

Advertisement Banner
Previous Post

Crime Literature Festival of India kicks off in Dehradun

Next Post

Farmers in Greece intensify protests over delay in European Union subsidy payments

Editorial Team

Editorial Team

Next Post
Farmers in Greece intensify protests over delay in European Union subsidy payments

Farmers in Greece intensify protests over delay in European Union subsidy payments

Recommended

सुदूरपश्चिम विश्वविद्यालयमा दोस्रो दीक्षान्त हुँदै

सुदूरपश्चिम विश्वविद्यालयमा दोस्रो दीक्षान्त हुँदै

4 years ago
थिङ्क पोजेटिभ ग्लोवल क्याम्पियन´सम्पन्न

थिङ्क पोजेटिभ ग्लोवल क्याम्पियन´सम्पन्न

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.