Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Poetry Nepali

राष्ट्रिय कविता महोत्सव–२०७९:तृतीय पुरस्कार प्राप्त कविता

Editorial Team by Editorial Team
June 28, 2022
in Nepali, Poetry
0
राष्ट्रिय कविता महोत्सव–२०७९:तृतीय पुरस्कार प्राप्त कविता
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

‘सपना उम्रन्छ माटोमा’

रोपेर सपनाको बिउ माटोमा,
सृजनाको अजम्बरी गीत गाइरहन्छु,
नदीजस्तै अविरल
माटो सृष्टि हो
सृजना हो माटो
माटो देश हो
देश आमा हुन्
खाएर माटोको सपथ
लाएर माटोको टिका
सुन्दैछु ढुक्ढुकीहरूमा
माटोको सुमधुर सन्देश

पुर्खाको रगत पसिनाले सिन्चिई
मलिलो छ यहाँको माटो
यही माटोमा रङ्गिएका
इन्द्रेनी सपनाहरू
पैँचो मागेर यो युगसँग
सजाइरहेछु आँखामा

माटोमै फुल्छ लालीगुराँस
राष्ट्रियताको रङ्ग छर्दै
स्वाभिमानी उभिएको छ माटो
सगरमाथा बनेर
जसरी, झरेर झरनाहरू पर्वतमालाबाट
साहसको धुन गुन्गुनाइरहेछन्

त्यसरी नै
आफूभित्र जगाएको छु
एउटा अविराम यात्रा
सिम्रिक रङको साँझमा
निभ्नै लागेको सलेदोबाट
सल्काएर अर्को सलेदो
दुवोजस्तै मौलाउने सपनाहरू बोकेर
कोरिरहेछु पैतालाहरूले कर्मरेखा ।

बाँसुरीमा सृजनाको धून फुक्दै
आऊ, यो सृजन उत्सवमा
बुद्धलाई खोजेर मनको तहमा
करुणा र प्रेमको देउसी भैलो खेलौँ
सद्भावनाको आँगनीमा
खोज्दै सम्भावनाको नयाँ उज्यालो ।
सुकुमारी पहाडका कन्दराहरूबाट चियाएर
यतिखेर म मेरो देशको मानचित्र नियालिरहेछु
र पढिरहेछु
नानीहरूका आँखाबाट
माटोमा फुलेका समृद्ध सपनाहरू ।

कमलराज के सी

कवि कमलराज के.सी.को यस कविताले ‘राष्ट्रिय कविता महोत्सव–२०७९’ मा तृतीय पुरस्कार प्राप्त गर्न सफल भएको थियो ।

Advertisement Banner
Previous Post

कवि रुद्र अधिकारीको मुक्तकसंग्रह लोकार्पण

Next Post

England’s World Cup winning captain Eoin Morgan has announced his retirement from international cricket

Editorial Team

Editorial Team

Next Post
England’s World Cup winning captain Eoin Morgan has announced his retirement from international cricket

England's World Cup winning captain Eoin Morgan has announced his retirement from international cricket

Recommended

नेपाल र बंगलादेशबीच दुबै देशका मुद्रालाई शिघ्रातिशिध्र प्रयोगमा ल्याउने विषयमा छलफल

नेपाल र बंगलादेशबीच दुबै देशका मुद्रालाई शिघ्रातिशिध्र प्रयोगमा ल्याउने विषयमा छलफल

6 months ago
President, Vice-President extends best wishes on World Press Freedom Day

President, Vice-President extends best wishes on World Press Freedom Day

2 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.