Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

फ्राइडे रिलिज : सिनेमा हलमा ‘घनचक्कर’, ‘जुगजुग जियो’ र ‘एल्भिस’

Editorial Team by Editorial Team
June 24, 2022
in Entertainment, Kathmandu, Nepal
0
फ्राइडे रिलिज : सिनेमा हलमा ‘घनचक्कर’, ‘जुगजुग जियो’ र ‘एल्भिस’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : शुक्रबारदेखि तीनवटा नयाँ फिल्म एकसाथ प्रदर्शन हुने भएका छन्। नेपाली फिल्म ‘घनचक्कर’ सहित बलिउड फिल्म ‘जुगजुग जियो’ र हलिउड फिल्म ‘एल्भिस’ले एकसाथ प्रदर्शन थालेका हुन्।

राज मेहताको निर्देशनमा बनेको फिल्म ‘जुगजुग जियो’ले मल्टिप्लेक्समा सबैभन्दा धेरै २५ देखि ५० प्रतिशतसम्म शो पाएको छ। फेमिली कमेडी ड्रामा जनरामा बनेको फिल्ममा अनिल कपूर, वरुण धवन, किएरा अडवानी, नीतु कपूर लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। यतिवेला हलमा प्रदर्शनरत फिल्म मध्येमा दर्शकको चाप पनि जुगजुग जियो मै बढी छ।

त्यस्तै, बायोग्राफिकल म्युजिकल ड्रामा ‘एल्भिस’ले १० देखि १५ प्रतिशतसम्म शो पाएको छ भने नेपाली फिल्म ‘घनचक्कर’ले सबै जसो हलमा १० प्रतिशत शो मात्रै पाएको छ।

गत मे २५ मा कान्स फिल्म फेस्टिभलमा प्रिमियर भएको ‘एल्भिस’ किङ अफ रक एण्ड रोल भनेर चिनिने अमेरिकी गायक एल्भिस प्रिज्लेको जीवनीमा आधारित फिल्म हो। बज लुरमानको निर्देशनमा बनेको फिल्ममा अस्टिन बटलर एल्भिसको भूमिकामा देखिएका छन्। भने टोम ह्यांक्सको पनि मुख्य भूमिका रहेको छ।

त्यस्तै सस्पेन्स कमेडी जनरामा बनेको नेपाली फिल्म ‘घनचक्कर’ सबैभन्दा कम शोका साथ प्रदर्शन भइरहेको छ। जितेन्द्र राजोपाध्यायको निर्देशनमा बनेको फिल्ममा सौगात मल्ल, सलोन बस्नेत, शिशिर भण्डारी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। फिल्मले सहज जीवनको खोजीमा गाउँबाट सहर पसेका दुई बेरोजगार युवाको कथा भन्छ।

यी बाहेक हलमा अन्य ६ फिल्म प्रदर्शनरत छन्। गत हप्ता प्रदर्शनमा आएको ‘चिसो मान्छे’ शुक्रबारदेखि दोस्रो हप्तामा प्रवेश गरेको छ। जेठ १३ देखि प्रदर्शनमा आएको ‘कबड्डी ४’ पाचौँ हप्तामा प्रवेश गरेको छ भने कन्नड फिल्म ‘७७७ चार्ली’ पनि तेस्रो हप्तामा प्रवेश गरेको छ। त्यस्तै ‘जुरासिक वर्ल्ड डोमिनियन’, ‘टप गनः मोवरिक’ र ‘विक्रम’ पनि यतिवेला हलमा छन्।

 

Advertisement Banner
Previous Post

मौलिकता र अध्यात्मको खोजी चित्रात्मक दस्तावेजमा

Next Post

‘द सिक्रेट अफ राधा’को नयाँ पोस्टर सार्वजनिक

Editorial Team

Editorial Team

Next Post
‘द सिक्रेट अफ राधा’को नयाँ पोस्टर सार्वजनिक

'द सिक्रेट अफ राधा'को नयाँ पोस्टर सार्वजनिक

Recommended

“Issues between Nepal and India should be resolved diplomatically”

“Issues between Nepal and India should be resolved diplomatically”

4 years ago
Nepal Election Commission Issues 20-Point Directive Ahead of House of Representatives Poll

Election commission penalizes candidates and strengthens oversight

4 weeks ago

Don't Miss

Chaudhary Group to launch $100 million Ritz-Carlton in Kathmandu

Chaudhary Group to launch $100 million Ritz-Carlton in Kathmandu

March 28, 2026
Finance Minister Wagle assumes office with reform mandate

Finance Minister Wagle assumes office with reform mandate

March 28, 2026
Former Nepal Prime Minister KP Oli arrested

Former Nepal Prime Minister KP Oli arrested

March 28, 2026
Former Home Minister Ramesh Lekhak arrested

Former Home Minister Ramesh Lekhak arrested

March 28, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.