लेबनानमा इजरायलको आक्रमणमा हेजबुल्लाह कमाण्डरसहित तीन जनाको मृत्यु

काठमाडौं : इजरायलले दक्षिणी लेबनानमा गरेको आक्रमणमा हेजबुल्लाहका कमाण्डरसहित तीन जनाको मृत्यु भएको छ।

लेबनानका सुरक्षा अधिकारीहरुले इजरायली हमलाको पुष्टि गरेका छन्। आक्रमणमा हेजबुल्लाह कमाण्डर इसमाइल बाज मारिएको इजरायली सेनाको दाबी छ।

इसमाइल इजरायलमाथि भएको रकेट र एन्टी ट्याङ्‍क मिसाइल हमलाका मुख्य योजनाकार भएको इजरायलको दाबी छ।

इजरायली सेनाले जारी गरेको भिडियोमा हेजबुल्लाह कमाण्डरको गाडीमा आक्रमण भएको देखिएको छ। हेजबुल्लाले पनि आफ्ना सैन्य कमाण्डरको निधनप्रति शोक व्यक्त गरेको छ।

त्यस्तै दक्षिणी गाजामा इजरायलले गरेको अर्को आक्रमणमा हेजबुल्लाहका अन्य दुई सदस्य मारिएका छन्।

Comments are closed.