तीन भाषाको बान्तावा शब्दकोश प्रकाशित गरिएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा उक्त शब्दकोश नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला, बान्तावा शब्दकोश तथा व्याकरण निर्माण समितिका अध्यक्ष कुलबहादुर राई, किरात राई यायोक्खाका उपाध्यक्ष युवराज राईलगायतले सार्वजनिक गरेका हुन् । एघार वर्षअघि कुलबहादुर राईको अध्यक्षतामा ‘बान्तावा शब्दकोश तथा व्याकरण निर्माण समिति’ बनेको थियो । समितिले भाषा वैज्ञानिक प्रा.डा. नोवलकिशोर राईको संयोजकत्वमा शब्दकोश निर्माण सम्पादक मण्डल गठन गरेको थियो । सदस्यमा पदमकुमार राई, निराजन राई तथा डिक बान्तावा रहेका छन् ।
प्रकाशित शब्दकोश भाषा विज्ञानको आधारमा बान्तावा, आइपिए उच्चारण, नेपाली र अंग्रेजी भाषामा राखिएका छन् । बान्तावा–नेपाली–अंग्रेजी, नेपाली–बान्तावा र अंग्रेजी–बान्तावा गरी शब्दकोश तीन खण्डमा विभाजन गरिएको छ । बान्तावा भाषाको वर्ण, बान्तावा लेखन पद्धतिको आधारमा शब्दकोश निर्माण गरिएको सम्पादक पदमकुमार राईले विज्ञप्तिमा जनाएका छन् ।
बान्तावा शब्दकोशमा १४ हजार ९३ वटा मूल शब्द प्रविष्टि रहेको छ । यसमा १ हजार १ सय ८५ वटा बान्तावा र नेपाली उल्थासहित उदाहरणहरू समाविष्ट छन् । यसमा ७८ वटा बान्तावा संस्कृतिजन्य र लोपोन्मुख चित्रहरू पनि राखिएका छन् । जम्मा ७ सय १४ पृष्ठको शब्दकोशको मूल्य एक हजार रुपैयाँ राखिएको छ ।
शब्दकोशबारे भाषाशास्त्री प्रा.डा. विष्ण एस राई, भाषाशास्त्री डा. नेत्रमणि दुमी राई, तीर्थराज मुकारुङ राई, चङ्मायुमा राईले बोलेका थिए ।
लिम्बू शब्दकोश निर्माण गर्दाको अनुभव सुनाउँदै काइँलाले भाषा किताब लेखेर, शब्दकोश बनाएर संरक्षण हुन नसक्ने बताए । ‘व्यवहारमा संस्कृतजस्तै यत्रायत्रा शास्त्र छन् र त्यसबारे सबैले जानकारी लिन सक्दैन,’ काइँलाले भने, त्यस्तै हुन नदिनका लागि हामीले दैनिक भाषा बोल्ने काम जारी राख्ने, लेख्ने काम जारी राख्ने, अरुले लेखेको खोजेर पढिदिने, प्रचारप्रसार गरिदिने गर्नुपर्छ ।’
समितिका अध्यक्ष राईले तत्काल सहयोगदाताको नामावलीसहित स्मारिका प्रकाशन र बान्तावा व्याकरण निर्माण गरिने जानकारी दिए ।
११ वर्षअघि गठन भएको थियो । समितिको उपाध्यक्षमा बालकृष्ण मुकारुङ राई, चङमायुमा दुब्देङमा राई र पूर्वएआईजी रामकाजी बान्तावा छन् । त्यस्तै सचिव तीर्थराज मुकारुङ राई, सहसचिवमा बसन्त राई र कोषाध्यक्ष पुरञ्जन मुकारुङ राई छन् ।
सदस्यहरूमा प्रा.डा. नोवलकिशोर राई, पूर्वउपसचिव महेन्द्रकुमार बान्तावा, जितपाल किरात, क्याप्टेन ढुण्डीराज सुच्चा राई, क्याप्टेन नारायणप्रसाद राई, पदमकुमार राई, डिक बान्तावा, जय शिवाहाङ र हिमशैल रहेका छन् । समितिले समुदायबाट आर्थिक संकलन गरी शब्दकोशको निर्माण भएको हो ।
समितिअन्तर्गत प्राविधिक समूहको गठन भई उक्त समूहले २०६९ कात्तिक १७ गते धरानमा १५ जना बान्तावाभाषीलाई शब्द संकलनसम्बन्धी एक दिने अभिमुखीकरण तालिम दिई औपचारिक रूपमा कामको थालनी गरेका थियो । तालिमपश्चात् सहभागीहरूले गाउँमा गई करिब २२ हजार शब्दहरू संकलन गरेर ल्याएका थिए । समितिले दमक र श्रीअन्तुमा नयाँ र प्राविधिक शब्द निर्माण कार्यशाला सम्पन्न गरेको थियो ।
त्यस्तै, लामाटार ललितपुरस्थित एक होमस्टेमा १० दिने बन्दसत्र कार्यशालामा रही समितिले काम गरेको थियो । आवश्यक्तानुसार भाषाशास्त्री, विज्ञ, भाषिक समुदायसँग औपचारिक/अनौपचारिक सयौंको संख्यामा बैठक र छलफलहरू गरिएका थिए । समितिले शब्दकोशको लागि प्रा.डा. विष्णु एस. राई, प्रा.डा. बलराम प्रसाईं, प्रा.डा. हेमाङ्ग राज अधिकारी, डा. नेत्रमणि दुमिराई, क्वाङ्जु छो, हिमशैल राई, डेभिड रुडरफोर्ड र भारतका बान्तावा भाषीसँग कैयौं पटक परामर्श र सहयोग लिएको थियो ।
Trending Now
- एघार करोडको चिया झापाबाट निर्यात
- Finland, Sweden and Norway issue war alert, urge citizens to avoid Russian attack
- The US was angry after the court issued an arrest warrant for Netanyahu
- दुर्गा प्रसाईं समर्थकद्वारा कोटेश्वर क्षेत्रमा प्रदर्शन सुरू
- रम्बास कविता: विश्वभ्रमण
- Russia fires intercontinental ballistic missile at Ukraine
- चलचित्र तेल भिसा र अग्निदहन आजदेखि प्रदर्शन हुँदै
- जीवराज भट्टराईको कथासङ्ग्रह “अभिशप्त कुइनेटाहरु” विमोचित
- More than 40 killed in attack by unknown gunmen in Pakistan
- प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दै भारतीय सेनाध्यक्ष द्विवेदी, आजै रक्षामन्त्रीलाई पनि भेट्ने
Comments are closed.