Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

मध्यपहाडी राजमार्गको तीन चौथाइ काम सम्पन्न

Editorial Team by Editorial Team
November 30, 2025
in Nepal, News
0
मध्यपहाडी राजमार्गको तीन चौथाइ काम सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – मुलुकका मध्यपहाडी जिल्लालाई यातायात सञ्जालमा जोडी त्यस क्षेत्रको आर्थिक, पर्यटकीय र शैक्षिकलगायत समग्र क्षेत्रको सन्तुलित विकास गर्ने उद्देश्यले निर्माण सुरु गरिएको पुष्पलाल (मध्यपहाडी) राजमार्गको तीन चौथाइ काम सम्पन्न भएको छ ।
पूर्वमा पाँचथरको चिवाभन्ज्याङ (नेपाल–भारत सिमाना) देखि पश्चिममा बैतडीको झुलाघाट (महाकाली नदी) सम्म छिचोल्ने राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत यो राजमार्गको अहिलेसम्मको भौतिक प्रगति करिब ८२ प्रतिशत पुगेको सडक विभागले जनाएको छ । त्यसै गरी आयोजनको वित्तीय प्रगति ८३.२३ प्रतिशत पुगेको छ ।
सडक विभागका सहायक प्रवक्ता ई. शुभाञ्जन दाहालले तीव्र गतिमा काम भइरहेको यस राजमार्गको अब एक चौथाइभन्दा पनि कम काम बाँकी रहेको छ । मुलुकलाई पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्ग र हुलाकी राजमार्गपछिको यो तेस्रो राजमार्ग हो। मध्यपहाडका २६ जिल्लाका २१५ बस्ती जोड्दै निर्माण हुने यस राजमार्गबाट मध्यपहाडमा बसोबास गर्ने करिब एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने विश्वास गरिएको छ । त्यसै गरी यस राजमार्गको सञ्चालनबाट उक्त क्षेत्रको आर्थिक–सामाजिक विकासमा प्रगति हुनुका साथै सो क्षेत्रबाट हुने बसाइँसराइ निरुत्साहित भई भौगोलिक तथा वातावरणीय सन्तुलन कायम हुने बताइएको छ ।
सहायक प्रवक्ता दाहालका अनुसार राजमार्गको कुल लम्बाइ एक हजार ८७९ किलोमिटरमध्ये अहिलेसम्म एक हजार ५१०.८६ किलोमिटर कालोपत्र सम्पन्न भइसकेको छ । २६१.१४ किलोमिटर सडक निर्माणाधीन अवस्थामा छ भने १०७ किमि सडकको ठेक्का व्यवस्थापन हुन बाँकी रहेको गोरखापत्र अनलाइनले जनाएको छ ।
त्यसै गरी यस आयोजना अन्तर्गत कुल १३७ वटा पुल निर्माण गर्नुपर्नेमा अहिलेसम्म १११ वटाको निर्माण सम्पन्न भइसकेका छन् भने २४ वटा निर्माणाधीन छन् । त्यसै गरी बाढीपहिरोले बगाएका पुलसमेत गरी १५ वटा पुलको निर्माणका लागि ठेक्का व्यवस्थापन हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । आयोजनाको कुल लागत ८४ अर्ब ३३ करोड रुपियाँ रहेकामा अहिलेसम्म ६५ अर्ब ९७ करोड रुपियाँ खर्च भइसकेको छ । यस आयोजनाका लागि चालु आर्थिक वर्ष (२०८२/८३) मा तीन अर्ब ५९ करोड रुपियाँ विनियोजन गरिएको छ ।
यस राजमार्गलाई द्रुत सञ्चारका लागि सूचना महामार्गका रूपमा पनि निर्माणमा तीव्रता दिएको बताउँदै उहाँले यस राजमार्ग अन्तर्गत दस वटा आधुनिक सहरसमेत स्थापना गर्न लागिएको जानकारी दिनुभयो । यो राजमार्ग एउटा रूपान्तरणकारी योजना हुन सक्ने अपेक्षाका साथ सरकारले आर्थिक वर्ष २०६९/७० देखि यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरी मुलुकको विकास निर्माणको उच्च प्राथमिकतामा राखेको छ ।
यसैबीच राष्ट्रिय यातायात नीति २०५८ मा पूर्वपश्चिम राजमार्गको विकल्पका रूपमा नेपालको मध्यपहाड हुँदै पूर्वदेखि पश्चिमसम्म सडक निर्माण गर्ने उल्लेख गरिएबमोजिम पुष्पलाल (मध्यपहाडी) राजमार्ग नामकरण गरी २०६४/६५ बाट आयोजना कार्यान्वयन सुरु भएको हो । प्रवक्ता दाहालका अनुसार यस राजमार्ग अन्तर्गत फिदिम (पाँचथर), वसन्तपुर (तेह्रथुम), खुर्कोट (सिन्धुली), बैरेनी (धादिङ), डुम्रे (तनहुँ), बुर्तीबाङ (बागलुङ), चौरजहारी (रुकुम), राकम कर्णाली (दैलेख), साँफेबगर (अछाम) र पाटन (बैतडी) मा दस वटा आधुनिक सहर निर्माण गर्ने लक्ष्य लिइएको छ ।

Advertisement Banner
Previous Post

हामीले समीक्षा गरेरै एकताबद्ध बनेका हौँ, हामी बदलिन्छौँ: प्रचण्ड

Next Post

यःमरी महोत्सव : नेवारी कला, संस्कृती

Editorial Team

Editorial Team

Next Post
यःमरी महोत्सव : नेवारी कला, संस्कृती

यःमरी महोत्सव : नेवारी कला, संस्कृती

Recommended

UNICEF expands ‘Back to Learning’ for hundreds of thousands of children in Gaza

UNICEF expands ‘Back to Learning’ for hundreds of thousands of children in Gaza

1 month ago
जसपा र जसपा नेपालबीच एकता घोषणा

जसपा र जसपा नेपालबीच एकता घोषणा

3 months ago

Don't Miss

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

March 25, 2026
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक राष्ट्रिय टोली घोषणा

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक राष्ट्रिय टोली घोषणा

March 25, 2026
थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

March 25, 2026
महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

March 25, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.