काठमाडौं : न्युयोर्क राइटर्स वर्कसपले काठमाडौंमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन तथा कार्यशाला आयोजना गर्दैछ। ह्वाइट लोटस बुक शप, ललितपुरसँगको साझेदारीमा उक्त कार्यशाला मे २७ र २८ मा हुनेछ।
काठमाडौं गेस्ट हाउसमा आयोजना हुने कार्यशाला हिमालयन लिटरेचर फेस्टिभलमा परिणत हुने आयोजकले बताएको छ। सहभागी सर्जकहरूले कार्यशालामा तयार गरेका आफ्ना साहित्यिक रचनाहरू प्रस्तुत गर्नेछन्।
फेस्टिभल निर्देशक सिर्जना भण्डारीका अनुसार ३५ भन्दा बढी अन्तर्राष्ट्रिय लेखक तथा प्रशिक्षकहरू फेस्टिभलमा सहभागी हुनेछन्। हिमालयन लिटरेचर फेस्टिभलको पहिलो संस्करणमा प्यानल छलफल, विभिन्न भाषाहरूमा कविता वाचन, पुस्तक विमोचन र अन्तरक्रियाहरू समावेश हुनेछन्। हिमालयन लिटरेचर फेस्टिभलका संरक्षक एवं हिमालयन कवि युयुत्सु आरडी शर्माले काठमाडौंमा कार्यशाला तथा सम्मेलनको नयाँ संस्करणको आयोजना गर्न र वास्तविक अर्थमा अन्तर्राष्ट्रिय साहित्य महोत्सव सुरु गर्नका लागि न्यूयोर्क राइटर्स वर्कसप टोलीलाई नेपाल ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए।
न्यूयोर्क राइटर्स वर्कसपका अध्यक्ष टिम टमलिन्सन र हिमालयन लिटरेचर फेस्टिभलका निर्देशक भण्डारीका अनुसार, सो महोत्सवमा लेखकहरू लोर्डेस रोड्रिग्वेज टमलिन्सन र डा। रवि शंकर, प्रशिक्षकमा जेमी प्रोक्टर जू, कवि, निबन्धकार, अनुवादक, जुली कृष्णान(विलियम्स, अन्तर्राष्ट्रिय फोटोग्राफर, क्यालिफोर्नियास्थित ह्वाइटर कलेजका प्रोफेसर डा। टोनी बार्नस्टोनको उपस्थिति रहनेछ।
यस वर्कसप र लिटरेचर फेस्टिभलमा नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्क, पोल्यान्डका कवि सन भान र डारियस लेबियोडास पानामानियन कवि गोर्का लासास दक्षिण अफ्रिकी कवि तथा कलाकार जाहरोज जाफ्तास अमेरिकी कविहरू रुथ डेनन, पिटर एलेनस्पच र उनकी पत्नी दा माओस अंग्रेजी कवि मारिया क्लेयर हीथस ग्रीक कवि, लेखक, तथा शिक्षक भयासिलिस मनुसाकिसस हिन्दी उपन्यासकार पंकज बिष्ट, भारतीय कवि तथा विद्वान् के सच्चिदानन्दनस हङकङका लेखक तथा कलाकार नेभिल सारोनीस हङकङका फोटोग्राफर ब्रायन हाउ र संगीतकार, लेखक, परोपकारी जेन हङस एनवाइयू अबु धाबीका लेखक तथा प्राध्यापक पाया मुस्तमाकीस अष्ट्रेलियाली लेखक लिजी प्याकरस साथै नयाँ लेखकहरू क्याथलीन बटलर, क्याथरीन केम्फ, एन गोर्डन, न्यान्सी पेरिस र मारियान साइबेरास पनि सहभागी हुनेछन्।
यसबाहेक द्वारिका श्रेष्ठ, नारायण वाग्ले, शैलेन्द्र साकार, राजकुमार बानियाँ, दीपक सापकोटा, केन सुवेदी, मनोज दाहाल, शरद प्रधान, नारायण ढकाल, श्याम रिमाल, अमर आकाश, भुवन थपलिया, विजय गुरुङ, रजनी मीला लगायत अन्य तीन दर्जनभन्दा बढी नेपाली लेखक फेस्टिबलमा जोडिनेछन् र तिनीहरूमध्ये केहीले नेपाली साहित्यका विभिन्न विषयवस्तुमा प्यानलिस्टका रूपमामा विमर्श गर्नेछन्। फेस्टिबल महान् नेपाली कवि गोपालप्रसाद रिमाललाई समर्पित गरिएको छ र कार्यक्रममा नेपाली साहित्यमा उनको योगदानका बारेमा चर्चा गर्नुका साथै उनका कृतिहरूका अङ्ग्रेजी अनुवाद पनि सार्वजनिक गरिने छ ।
Trending Now
- शिक्षामन्त्री पन्तको आह्वानपछि आन्दोलनरत शिक्षक वार्तामा पुगे
- India-Pakistan standoff worries UN, calls for maximum restraint
- आन्दोलनरत शिक्षकहरूलाई शिक्षामन्त्रीले बोलाए वार्तामा
- पाकिस्तानको घोषणा, सिन्धु चलाउनु ‘युद्धको कारवाही’: शिमला सम्झौता पनि खारेज
- Jammu and Kashmir Attack Update: 28 killed, including a Nepali
- कश्मीर आक्रमणमा संलग्न एक जनाको घर बमले उडाइयो, अर्कोको घरमा डोजर चलाइयो
- सर्वोच्चको आदेशपछि पनि थामिएन शिक्षकहरूको आन्दोलन,आन्दोलन नछाड्ने अडान
- Nepal not on MCC project suspension list, grant not stopped
- मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे
- आज विश्व औलो दिवस, अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि आजै
Comments are closed.