विभिन्न साहित्यकारहरू सम्मानित

काठमाडौं । शिवपुरी सन्देश साहित्यिक पत्रिका र शिवपुरी साहित्य समाजको वार्षिकोत्सवको अवसर पारेर समाजले विशेष कार्यक्रमको आयोजना गर्दै विभिन्न स्रष्टाहरूलाई सम्मानित गरेको छ ।
उक्त अवसरमा ‘शिवपुरी सन्देश’को १०३ पूर्णांकको लोकार्पणसमेत गरियो ।
हालै टोखा क्षेत्रमा आयोजना गरिएको कार्यक्रममा अग्रज साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले स्रष्टाहरू राजकुमार बानियाँ, गणेशबाबु अधिकारी, नरप्रसाद धिताल, दुर्गाकिरण तिवारी, हाम्रो पुरूषार्थ संस्था तथा किरण पन्थीलाई सम्मानित गर्‍यो । सम्मानकासाथ नगद राशिसमेत प्रदान गरियो ।

Comments are closed.