त्रिकोणात्मक टी-२० सिरिज : नेपालले आज युएईसँग खेल्दै

काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्दैछ ।

नेपाल र युएईबीचकाे खेल बिहान ११ बजे माथिल्लो मूलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । जारी सिरिजमा अपराजित रहेकाे नेपाल एक खेल अगावै फाइनलमा पुगिसकेको छ ।

नेपालले आफ्नो पहिलो खेलमा युएईलाई ७ विकेटले पराजित गरेको थियो भने दाेस्राे र तेस्राे खेलमा हङकङलाई क्रमशः ६ विकेट र ७९ रनले हराएको थियो ।

Comments are closed.