इजरायलमा मारिएका नेपाली विद्यार्थीको शोकमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं ।  इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी ज्यान गुमाएको नेपाली विद्यार्थीको शोकमा सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको छ ।

नेपाली विद्यार्थी मारिएको शोकमा आज देशभरका सरकारी कार्यालय र विदेशमा रहेका कूटनीतिक नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइने छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

इजरायलमा हमास समूहको शनिबार आक्रमणमा १० नेपाली विद्यार्थीको निधन भएको थियो । मृतक विद्यार्थीका परिवारलाई सरकारले १० लाख रुपैँयाका दरले राहत सहयोग गर्ने निर्णय गरेको छ ।

इजरायलमा पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत कृषि विषय पढ्ने नेपाली विद्यार्थी विभिन्न कृषि फार्ममा काम गर्न गएका थिए । तिनै १० जना विद्यार्थी आक्रमणमा मारिएका हुने ।

सो कार्यक्रम अन्तर्गत अध्ययनका लागि गएका धेरै नेपाली विद्यार्थी अहिले पनि इजरायलमा नै छन् । उनीहरू स्वदेश फर्कन आतुर भए पनि सरकारले फिर्ता ल्याउन सकेको छैन ।

 

Comments are closed.