काठमाडौं । नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।
उनलाई गएराति डिस्चार्ज गरिएको सेन्टरका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. चन्द्रमणि पौडेलले जानकारी दिए । उनका अनुसार राइमाझीको मुटुको चाल सामान्य भएको छ । मुटुको चाल कम भएपछि नेता रायमाझीलाई गत बुधबार अस्पताल भर्ना गरिएको थियो ।
नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा रायमाझी पुर्पक्षका लागि जेलमा छन् ।
Comments are closed.