आरजु राणा देउवाको दिल्लीमा हाइपर प्याराथाइराइडिज्मको शल्यक्रिया: सुधारोन्मुख अवस्थामा

काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति डा.आरजु राणा देउवाको हाइपर प्याराथाइराइडिज्मको शल्यक्रिया गरिएको छ ।

उनको भारतको नयाँ दिल्लीको साकेतस्थित म्याक्स अस्पतालमा शल्यक्रिया गरिएको उनका स्वकीय सचिव कमल रावलले जानकारी दिए ।

आरजु चैत २ गते फलोअपका लागि भारत गएकी थिइन् । उनी विगत दुई वर्षदेखि स्वास्थ्य समस्याको कारण चिकित्सकको सल्लाह अनुसार भारतको नयाँ दिल्लीमा फलोअप उपचार गर्दै आएकी थिइन् ।

उपचाररत आरजुको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकको परामर्शमा अझै केही समय अस्पतालमै उपचार गर्नुपर्ने उनका स्वकीय सचिव रावलले बताए ।

Comments are closed.