Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

राष्ट्रपति पदका लागि फेरि दाबी गर्ने ट्रम्पको संकेत

Editorial Team by Editorial Team
January 28, 2026
in News, World
0
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – अमेरिकामा यही वर्ष मध्यावधि चुनाव हुँदै छ । मध्यावधि चुनावका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रचारमा जुटेका छन् ।

आयोवामा आयोजित र्‍यालीमा ट्रम्पले फेरि ‘धाँधलीपूर्ण चुनाव’को दाबी दोहोर्‍याउँदै समर्थकहरूलाई उत्साहित बनाए । उनले राष्ट्रपति पदका लागि फेरि दाबी गर्ने संकेत गरेका छन् ।
आयोवाको क्लाइभमा भीडलाई सम्बोधन गर्दै उनले सन् २०२० को राष्ट्रपतीय चुनाव धाँधलीपूर्ण भएको बताए । उनले किफायती आवासको मुद्दामा आफ्नो रेकर्डको बचाउ गरे । नोभेम्बरमा हुने मध्यावधि चुनावअघि रिपब्लिकन उमेदवारहरूका लागि आक्रामक प्रचार गर्ने रणनीति प्रस्तुत गरे ।

अमेरिकामा सन् २०२६ को मध्यावधि चुनावका लागि राजनीतिक वातावरण तातेको छ । आयोवाको र्‍यालीमा ट्रम्पले महँगी र जीवनयापनको लागतजस्ता मुद्दामा आफ्नो सरकारका नीतिहरूको बचाउ गरे । र, रिपब्लिकन उमेदवारहरूको समर्थनमा जोडदार चुनाव प्रचार गर्ने बताए ।

राष्ट्रपति पदमा फेरि दाबी गर्ने संकेत
सम्बोधनकै क्रममा ट्रम्पले संवैधानिक सीमाका बावजुद राष्ट्रपति पदका लागि अर्को कार्यकालको सम्भावनाको संकेत गरे । उनले समर्थकहरूसँग सोधे, “के हामी चौथो पटक प्रयास गर्नुपर्छ ?”
अमेरिकी संविधानअनुसार कुनै व्यक्ति अधिकतम दुई पटकमात्र राष्ट्रपति बन्न सक्छ । ट्रम्पको फेरि दाबी गर्ने संकेतले देशभित्र नयाँ राजनीतिक विवाद निम्त्याउन सक्छ ।
ह्वाइट हाउसका अनुसार ट्रम्प आगामी महिनामा महत्वपूर्ण राज्यहरूमा चुनाव प्रचार गर्नेछन् र पार्टी उमेदवारहरूको समर्थनमा र्‍यालीहरू आयोजना गर्नेछन् ।
हालै उनले भनेका थिए, “म धेरै चुनावी यात्रा गर्नेछु ।” यद्यपि, ट्रम्पले मध्यावधि चुनाव सत्तारूढ राष्ट्रपतिको पार्टीका लागि चुनौतीपूर्ण हुने अमेरिकी इतिहासको स्वीकार पनि गरे । उनले भने, “मध्यावधि चुनावमा वर्तमान राष्ट्रपतिहरूको प्रदर्शन राम्रो हुँदैन ।”
३ नोभेम्बरमा मध्यावधि चुनाव
ट्रम्पले पहिल्यै नर्थ क्यारोलिना, पेन्सिल्भेनिया र मिसिगनजस्ता ‘स्विङ स्टेट्स’मा चुनावी र्‍यालीहरू गरिसकेका छन्, जसलाई आगामी चुनावमा निर्णायक मानिन्छ । अमेरिकामा ३ नोभेम्बरमा मध्यावधि चुनाव हुनेछ, जसमा तल्लो सदनका सबै ४३५ सिट र सिनेटका १०० मध्ये ३५ सिटमा मतदान हुनेछ ।
यस चुनावको नतिजाले कांग्रेसको नियन्त्रण कसको हातमा जाने भन्ने निर्धारण गर्नेछ, जसले देशको शासन प्रणाली र राष्ट्रपति ट्रम्पको बाँकी कार्यकालमा राजनीतिक शक्तिसन्तुलनमा गम्भीर प्रभाव पार्नेछ ।
मिनियापोलिसमा ‘पछि हट्ने’ दाबीमा अस्वीकार
ट्रम्पले मिनियापोलिसबाट सीमा गस्ती अधिकारी ग्रेगरी बोभिनो र केही एजेन्टहरूको फिर्तीलाई ‘पछि हट्ने’ भन्ने दाबी अस्वीकार गरे ।
यसलाई सामान्य प्रशासनिक परिवर्तन भन्दै उनले बोभिनोलाई ‘फरक प्रकारको व्यक्ति’ भने । आयोवामा फक्स न्युजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले भने, “यो पछि हटेको होइन, सामान्य परिवर्तन हो ।”
उनले यसलाई दैनिक व्यवस्थापनसँग जोड्दै भने, “यहाँ काम गर्ने सबैले साना–साना परिवर्तन गर्छन् । बोभिनो उत्कृष्ट छन्, तर उनी फरक प्रकारका छन् र कहिलेकाहीँ यो ठीक हुन्छ, यहाँ भने सायद होइन ।”
यो भनाइ शनिबार एलेक्स प्रेट्टी गोली लागेर मृत्युपछि बोभिनो र अन्य एजेन्टहरूलाई मूल क्षेत्रमा फिर्ता पठाइएको रिपोर्टपछि आएको हो ।

Advertisement Banner
Previous Post

Holocaust Remembrance Day: Tribute to six million Jews

Next Post

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप पहिलोपटक मिथिला नगरीमा हुँदै

Editorial Team

Editorial Team

Next Post
सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप पहिलोपटक मिथिला नगरीमा हुँदै

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप पहिलोपटक मिथिला नगरीमा हुँदै

Recommended

फेवाताल डोजर: ‘अवैध कब्जा’ विरुद्ध पोखरा महानगरको कडा एक्सन, ३२ टहरा एकैदिन ध्वस्त

फेवाताल डोजर: ‘अवैध कब्जा’ विरुद्ध पोखरा महानगरको कडा एक्सन, ३२ टहरा एकैदिन ध्वस्त

6 months ago
Rishi Sunak retains his lead, increases his vote share to 115 in third round of vote for UK’s Prime Minister

Rishi Sunak retains his lead, increases his vote share to 115 in third round of vote for UK’s Prime Minister

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.