Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

हर्मुज जलमार्ग बन्द गर्न ट्रम्पले दिए आदेश, विश्वभर तेलको मूल्यमा भारी वृद्धि

Editorial Team by Editorial Team
April 13, 2026
in News, World
0
हर्मुज जलमार्ग बन्द गर्न ट्रम्पले दिए आदेश, विश्वभर तेलको मूल्यमा भारी वृद्धि
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्ग बन्द गर्ने आदेश दिएका छन् । राष्ट्रपति ट्रम्पको आदेशपछि अमेरिकी सेनाले सोमबारदेखि हर्मुज जलमार्गमा नाकाबन्दी गरेको छ । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत हर्मुज जलमार्गमा सबै जहाजहरूको आवागमन रोक्ने जनाएका छन् ।
इरान र अमेरिकाबिच पाकिस्तानको इस्लामाबादमा भएको शान्ति वार्ता असफल भएपछि ट्रम्पको यस्तो आदेश आएको हो । वार्ता निष्कर्षहीन टुंगिएलगत्तै ट्रम्पले रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज जलमार्गमा नौसेनामार्फत नाकाबन्दी गर्ने घोषणा गरेका छन्।
अमेरिकी सेनाले इरानबाहेकका अरु बन्दरगाहतर्फ जाने वा त्यहाँबाट आउने जहाजहरूलाई भने अवरोध नगर्ने जनाएको छ । तर, इरानसँग सम्बन्धित वा शुल्क तिरेर हर्मुज पार गर्ने जहाजहरूलाई रोक्ने र जाँच गर्ने भनिएको छ ।
अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)का अनुसार सोमबारदेखि इरानी बन्दरगाहहरूमा हुने सबै समुद्री आउजाउमा नाकाबन्दी लागू हुनेछ। सेन्टकमले भनेको छ, ‘अरबी खाडी र ओमानको खाडीका सबै इरानी बन्दरगाह र तटीय क्षेत्रमा प्रवेश गर्ने वा निस्कने सबै देशका जहाजहरू विरुद्ध नाकाबन्दी निष्पक्ष रूपमा लागू गरिनेछ।’
हर्मुज विश्वको सबैभन्दा महत्वपूर्ण ऊर्जा मार्गमध्ये एक हो, जहाँबाट झण्डै २० प्रतिशत तेल र ग्यास आपूर्ति हुन्छ । यस क्षेत्रमा कुनै पनि अवरोधले विश्व बजारमा तेलको मूल्य वृद्धि र आर्थिक अस्थिरता निम्त्याउने सम्भावना बढाएको विश्लेषकहरूले बताएका छन् ।
अमेरिका र इरानबीच आइतबार इस्लामाबादमा भएको उच्चस्तरीय शान्ति वार्ता असफल भएपछि अवस्था थप तनावपूर्ण बनेको हो । राष्ट्रपति ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम त्याग्न अस्वीकार गरेको आरोप लगाएका छन् ।
तर, इरानी पक्षले भने सम्झौता नजिक पुगेको दाबी गर्दै अमेरिकाले धेरै मागहरू राखेकाले सहमति हुन नसकेको आरोप लगाएको छ । इरानको सेनाले हर्मुज क्षेत्रमा कुनै पनि सैन्य जहाज प्रवेश गरेमा त्यसलाई युद्धविराम उल्लङ्घन मानिने र कडा कारबाही गरिने चेतावनी दिएको छ ।
विज्ञहरूले विश्वव्यापी ऊर्जा संकट गहिरिन सक्ने र यसले अन्तर्राष्ट्रिय व्यापार र आपूर्ति शृङ्खलामा पनि गम्भीर असर पर्न सक्ने बताएका छन् ।
अमेरिकाको यो घोषणासँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा उछाल आएको छ। अमेरिकी कच्चा तेलको मूल्य ८ प्रतिशतले बढेर प्रति ब्यारेल १०४.२४ डलर पुगेको छ भने ब्रेन्ट क्रुडको मूल्य ७ प्रतिशतले बढेर १०२.२९ डलर पुगेको छ। एजेन्सी

Advertisement Banner
Previous Post

सिरिया र जोर्डनबीच सहयोग बढाउन विभिन्न सम्झौतामा हस्ताक्षर

Next Post

आइपिएलमा मुम्बईमाथि रोयल च्यालेन्जर्स बैंगलुरुको १८ रनको जित

Editorial Team

Editorial Team

Next Post
आइपिएलमा मुम्बईमाथि रोयल च्यालेन्जर्स बैंगलुरुको १८ रनको जित

आइपिएलमा मुम्बईमाथि रोयल च्यालेन्जर्स बैंगलुरुको १८ रनको जित

Discussion about this post

Recommended

46,957 tourists have arrived in Nepal by Air in the month of June 2022

46,957 tourists have arrived in Nepal by Air in the month of June 2022

4 years ago
India records highest ever annual foreign Direct inflow of 83.57 billion US dollors in last fiscal

India records highest ever annual foreign Direct inflow of 83.57 billion US dollors in last fiscal

4 years ago

Don't Miss

‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

April 13, 2026
नइ एकेडेमीद्वारा नेपाल तथा भारतका २८ जनालाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान

नइ एकेडेमीद्वारा नेपाल तथा भारतका २८ जनालाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान

April 13, 2026
प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

April 13, 2026
भक्तपुरमा बिस्का जात्राको आज चौथो दिन विविध कार्यक्रम गरी मनाइँदै

भक्तपुरमा बिस्का जात्राको आज चौथो दिन विविध कार्यक्रम गरी मनाइँदै

April 13, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.