मंगलबार सार्वजनिक बिदा

काठमाडौं— सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले कतारका राजाको नेपाल भ्रमणलाई लक्षित गरेर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

काठमाडौं— सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले कतारका राजाको नेपाल भ्रमणलाई लक्षित गरेर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

कतारका अमिर (राजा) शेख तमित बिन अल थानी नेपालको राजकीय भ्रमणमा आउन लागेकाले सार्वजनिक बिदा दिन लागेको हो। कतारी राजा थानी दुई दिने राजकीय भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन्।

कुनै पनि राष्ट्रका राष्ट्रप्रमुख नेपाल भ्रमण आउँदा सरकारले यसअघि पनि सार्वजनिक बिदा दिने गरेको छ।

Comments are closed.