सबी श्रेष्ठले लेखेको मुक्तककृति ‘अपरिभाषित आभा’ लोकार्पण

 

काठमाडौं । काठमाडौँमा आयोजित एक समारोहकाबी कवि सबी श्रेष्ठको मुक्तककृति ‘अपरिभाषित आभा’ सार्वजनिक गरिएको छ । कार्यक्रम प्रमुख अतिथि साहित्यकार उषा शेरचनलगायतका अतिथिहरूले कृति सार्वजनिक गरेका थिए ।

कृति सार्वजनिक गर्दै मुक्तककार शेरचनले पछिल्लो समय नेपाली नारी स्रष्टाहरू मुक्तक विधामा निकै नै लागिपरेको बताइन् ।

लोकार्पित कृतिमाथि समीक्षकद्वय डा. रमेश शुभेच्छु र भारती न्यौपानेले मुक्तककार सबीले विभिन्न भावका चोटिला अभिव्यक्ति कृतिभित्र प्रस्तुत गरेको बताए उल्लेख गरे ।
उक्त अवसरमा आवरण प्रकाशनका कवि रमेश पौडेलले प्रकाशनमा नयाँ आयाम दिँदै गर्दा यो पृथक आकारको किताब निकालेको बताए । यस किताबको आकार खल्तीमा राख्न मिल्ने पकेट साइजको सम्पूर्ण रंगीन कलेवरमा रहेको छ ।
मुक्तककार सबी श्रेष्ठले यूरोपतिर यस्ता किताब धेरै देखेको हुँदा आफूलाई पनि त्यस्तै किताब निकाल्न मन लागेको बताइन् ।

कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले नेपाली मुक्तकको लोपप्रियता विश्वव्यापी बन्दै गएको उल्लेख गरे भने मुक्तककार सुनिल अधिकारीले पकेट साईजको कृति अत्यन्तै आकर्षक रहेको दाबी गरे ।

कार्यक्रममा लोकार्पित कृतिबाट कविहरू कल्पना काफ्ले, मीना चौलागाईं, सन्तोष अम्गाई र सीता रिजालले कृतिभित्रबाट मुक्तक वाचन गरेका थिए ।

Comments are closed.