भरतपुर । दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई नेपालले उपहारमा दुईवटा हात्ती दिने भएको छ । थानी मंगलबार अपराह्न नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो ।सौराहास्थित चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसरमा रहेको भाले छावा ‘खगेन्द्रप्रसाद’ र पोथी छावा ‘रुद्रकली’ दिने तयारी गरिएको छ । राष्ट्रपतिको कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न स्वयं राष्ट्रपति पौडेल जानेछन् । कतारी अमिरको राजकीय भ्रमणका क्रममा उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने बताइएको छ । मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण हुन लागेको हो । नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले उनको नेपाल भ्रमण कार्यक्रम स्वीकृत गर्नुका साथै भ्रमणका अवसरमा भोलि वैशाख ११ गते नेपालभर सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ ।
Trending Now
- Nepal: India-Nepal Launch 18th ‘Suryakiran’ Military Exercise in Lumbini Province
- Nepal Launches Nationwide ‘Child Marriage Free’ Campaign
- Introduction to CG Hospitality: A Story of Vision and Resilience
- Switzerland bans burqa from today, fines up to 150,000 if violated
- नेपाल स्रष्टा समाजले विशेष कार्यक्रम गरी मनायो १८औँ स्थापना दिवस
- Sports Year 2024: These are the seven famous international competitions and their winners
- आजदेखि यी फोनमा चल्ने छैन ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम
- Bitcoin price doubles in 2024, ETF approved
- नेकपा एकीकृत समाजवादीले देशभर ‘जागरण अभियान’ सञ्चालन गर्ने
- विप्लव नेतृत्वकाे नेकपाले फागुन २१ गतेदेखि जनमार्च अभियान चलाउने
Comments are closed.