Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

युक्रेन युद्ध: आफ्ना फौजलाई सेभेरोडोनेट्स्कबाट पछि हट्न किएभको आदेश

Editorial Team by Editorial Team
June 25, 2022
in Feature, News, World
0
युक्रेन युद्ध: आफ्ना फौजलाई सेभेरोडोनेट्स्कबाट पछि हट्न किएभको आदेश
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

युक्रेनी फौजलाई पूर्वी शहर सेभेरोडोनेट्स्कबाट पछाडि हट्ने आदेश दिइएको त्यस क्षेत्रका मुख्य अधिकारीहरूले बताएका छन्।

रुसी फौजले लुहान्स्क क्षेत्रलाई पूर्ण नियन्त्रणमा लिन खोजिरहँदा उक्त रणनीतिक महत्त्वको शहरमा हप्तौँदेखि बमबारी र लडाइँ भएका छन्।

यस युक्रेनी फिर्ती किन पनि महत्त्वपूर्ण छ भने यससँगै अब लिसिचान्स्क शहरबाहेक लुहान्स्कको सबै भाग रुसी नियन्त्रणमा पुग्नेछ।

आदेश

रुसी फौजले पछिल्ला दिनमा सेभेरोडोनेत्स्कलाई लगभग घेरा हालिसकेका  थिए र उनीहरूको निशानामा त्यसछेउको लिसिचान्स्क शहर समेत छ।

लुहान्स्क क्षेत्रका प्रमुख सेर्हेई हाइडाईले युक्रेनी टेलिभिजनमा बोल्दै “महिनौँदेखि लगातार बमबारी भइरहेको ठाउँमा अडिग हुनुको कुनै अर्थ नरहेको” बताएका छन्।

गभर्नर हाइडाईले भने, “उनीहरूलाई नयाँ ठाउँमा आड लिन र त्यहाँबाट लडाइँ जारी राख्न निर्देशन दिइएको छ।”

राष्ट्रपति पुटिनको खास प्राथमिकतामा रहेको लुहान्स्क पूर्वी युक्रेनमा मुख्य रूपमा रुसी भाषा बोलिने क्षेत्र हो।

त्यो कस्तो क्षेत्र हो?

डोनेट्स्कसँग लुहान्स्क मिल्दा त्यस पूरै भेगलाई डोनबास भनिन्छ जुन एउटा ठूलो औद्योगिक क्षेत्र पनि हो।

सन् २०१४ यता त्यो रुसी साथ पाएको पृथकतावादी अभियानको केन्द्रमा छ।

युक्रेन-रुस युद्ध: वर्षौँसम्म युद्ध चल्न सक्ने नेटोका महासचिवको भनाइ

युक्रेनमाथि आक्रमण सुरु गरेपछि पश्चिमा देशहरूले रुसविरुद्ध लगाएका प्रतिबन्धलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले “बहुलट्ठी र विवेकहीन” को सङ्ज्ञा दिएका छन्।

युक्रेन युद्ध: रुसी विदेशमन्त्री भन्छन्- ‘हामी को हौँ भनी देखाउँन लाज मान्दैनौँ’

भ्लादिमिर पुटिनले गलत रूपले डोनबासमा रुसी भाषीहरूलाई नरसंहार गर्ने गरिएको दाबी गर्ने गर्छन्।

त्यसैलाई उनले युक्रेन अतिक्रमणपछाडिको एउटा मुख्य कारण बताउने गरेका छन्।

क्षति

त्यसैगरी युक्रेनले समेत मस्कोलाई आफ्ना नागरिकहरूमाथि जथाभावी बमबारी र गोलाबारी गरेर नरसंहार मच्चाएको आरोप लगाएको छ।

 

गभर्नर हाइडाईले यतिखेर सेभेरोडोनेट्स्क शहरको पूर्वाधार पूर्ण रूपले ध्वस्त भएको बताउँदै ९० प्रतिशत घरमा बमबारी भएको र तीमध्ये ८० प्रतिशतमा गम्भीर क्षति पुगेको बताएका छन्।

युद्ध सुरु हुनुअघि उक्त शहरको जनसङ्ख्या १ लाख थियो।

त्यहाँ अझै सयौँ मानिसहरू एउटा विशाल रासायनिक कारखानामा आश्रय लिइरहेका छन्।

Advertisement Banner
Previous Post

स्रष्टाको परिचयमूलक कृति ‘सहिद स्रष्टा परिचयकोश’ प्रकाशित

Next Post

प्रज्ञाको नेपाली बाल निबन्ध प्रकाशन

Editorial Team

Editorial Team

Next Post
प्रज्ञाको नेपाली बाल निबन्ध प्रकाशन

प्रज्ञाको नेपाली बाल निबन्ध प्रकाशन

Recommended

UML National Congress: Updating representatives’ list in final stage

11th National General Convention of the CPN-UML is set to begin today

9 months ago
Fourth day of Jaipur Literature Festival sees a range of ideas in focus

Fourth day of Jaipur Literature Festival sees a range of ideas in focus

5 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.