नेकपा (एमाले) नुवाकोट विदुर नगरपालिका कमिटीमा सञ्जीव श्रेष्ठ निर्वाचित भएका छन्।बुधबार भएको चुनावमा उनी १५८ मतले निर्वाचित भएको निर्वाचन कमिटीले जानकारी दिएको छ।उनले अनुजकुमार श्रेष्ठलाई पराजित गरे। अनुजले १०६ मत प्राप्त गरेका थिए।उपाध्यक्षमा श्यामकृष्ण चालिसे निर्वाचित भएका छन्। उनले १७३ मत प्राप्त गरे भने प्रतिस्पर्धी देवनारायण चित्रकारले ९० मत ल्याए।
सचिवमा तोयानाथ तिम्सिना निर्वाचित भएका छन्। उनले १४८ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी उपेन्द्र रिमालले १०८ मत प्राप्त गरे।
खुला उपसचिवमा पूर्णबहादुर कार्की निर्वाचित भए। कार्कीले १३३ मत ल्याउँदा प्रतिस्पर्धी डिल्लीप्रसाद गजुरेलले ११८ मत ल्याए।
Comments are closed.