काठमाडौं – नेकपा एमालेले केन्द्रीय कमिटीले पार्टी कमिटीलाई पहिलेकै संरचनामा फर्काएको छ ।
आज बसेको केन्द्रीय कमिटी बैठकले १९ पदाधिकारीसहित ३०१ सदस्यीय कमिटी कायम रहने गरी विधान संशोधन प्रस्ताव गर्ने निर्णय गरेको हो ।
अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९, स्थायी कमिटी (पोलिटब्युरोको एक तिहाई), पोलिटब्युरो ९९ समेत गरी ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना बनाउने निर्णय भएको छ ।
विधान सम्शोधनको निर्णयमा वहुमत केन्द्रीय सदस्य तालि बजार समर्थन गरेपछि सो निर्णय भएको हो ।






