Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

निर्वाचनआयोगले माग्यो आचारसंहिता उल्लंघन गर्ने २१ व्यक्ति तथा संस्थालाई स्पष्टीकरण

Editorial Team by Editorial Team
February 2, 2026
in Nepal, News
0
निर्वाचनआयोगले माग्यो आचारसंहिता उल्लंघन गर्ने २१ व्यक्ति तथा संस्थालाई स्पष्टीकरण
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २१ व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधेको छ ।आयोगले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले केन्द्रिय आचारसंहिता अनुगमन समितिमा परेका उजुरीमध्ये २१ वटा उजुरीमा सम्बन्धित व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधिएको जानकारी दिए ।
जसमध्ये १२ वटाबाट जवाफ प्राप्त भइसकेको उनले बताए ।
‘केन्द्रिय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरीमध्ये २१ वटालाई स्पष्टीकरण सोधिएको छ । अहिले बढेर २३ पुगेको भन्ने छ । यो बढ्ने क्रमम जारी रहन्छ, अहिलेलाई २१ भनें,’ उनले भने, ‘२१ वटा सम्बन्धित व्यक्ति र संस्थालाई स्पष्टीकरण सोध्ने काम भएको छ । १२ वटाबाट जवाफ आइसकेको छ । अरुको जवाफ आउने क्रममा छ ।’
आयोगले आचारसंहिता उल्लंघनका घटनाको अध्ययन र विश्लेषण गर्न कार्यदल गठन गरेको छ । कार्यदलले सोधिएको स्पष्टीकरणमा जवाफ पठाएकाहरुलाई कारबाही गर्ने वा नगर्ने निर्णय गरेर केन्द्रीय आचारसंहिता अनुगमन समितिमा सिफारिस गर्ने उनले जानकारी दिए ।‘कसैलाई सफाईको मौका नदिईकन कारवाही गर्न हुँदैन भन्ने व्यवस्था समेत कानूनमा गरिएको हुन्छ । आयोगले स्पष्टिकरण सोध्छ, कारबाही गर्दैन भन्ने जिज्ञासा वा गुनासो पनि आउने गर्छ तर त्यो होइन । नियतवश नै आचारसंहिता उल्लङ्घन भएको रहेछ भने आयोगल थप कारबाही पनि गर्छ,’ उनले भने, ‘एउटा कार्यदल बनेको छ । कार्यदलले अध्ययन गर्ने, कारबाही गर्ने हो की होइन, स्पष्टीकरण सोध्ने हो की होईन भन्ने विश्लेषण गरेर केन्द्रिय आचारसंहिता अनुगमन समितिमा पेश गर्ने काम गरिरहेको छ ।’

Advertisement Banner
Previous Post

उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Next Post

पाकिस्तानद्वारा टी-२० विश्वकप अन्तर्गत भारत विरुद्धको खेल बहिष्कार गर्ने घोषणा

Editorial Team

Editorial Team

Next Post
पाकिस्तानद्वारा टी-२० विश्वकप अन्तर्गत भारत विरुद्धको खेल बहिष्कार गर्ने घोषणा

पाकिस्तानद्वारा टी-२० विश्वकप अन्तर्गत भारत विरुद्धको खेल बहिष्कार गर्ने घोषणा

Recommended

The World Bank Approves a US$ 700 Million Loan to Promote Ecuador’s Green, Resilient Economic Recovery

World Bank Approves $45 million to Support Entrepreneurship and Women and Youth-Owned SMEs in Lesotho

4 years ago
युक्रेन युद्ध: आफ्ना फौजलाई सेभेरोडोनेट्स्कबाट पछि हट्न किएभको आदेश

युक्रेन युद्ध: आफ्ना फौजलाई सेभेरोडोनेट्स्कबाट पछि हट्न किएभको आदेश

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.