काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने भएको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
त्यस्तै पार्टीको २०८१ को कार्ययोजना लागू गर्ने विषयमा पनि आज बैठकले निर्णय गर्ने छ । उनका अनुसार यसअघि फरक जिल्ला कार्यक्षेत्र रहने गरी गरिएको कार्यविभाजन परिवर्तन हुनेछ । यसअन्तर्गत् जिल्ला र जनसंगठन इन्चार्जहरू परिवर्तन हुनेछन् ।
एमालेले २०८१ भरि संगठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने निर्णय गरेको छ । त्यो अभियानको थालनीबारे पनि सचिवालय बैठकले निर्णय गर्नेछ ।
Comments are closed.