एमाले राष्ट्रिय महिला भेला भव्य रुपमा सम्पन्न

काठमाडाैं । नेकपा एमालेकाे राष्ट्रिय महिला भेला भव्य रुपमा सम्पन्न भएकाे छ । बुधबारदेखि काठमाडाैंमा सुरु भएकाे भेला विभिन्न महत्वपूर्ण र समसामयिक प्रस्ताव पारित गर्दै बिहीबार सम्पन्न भएकाे हाे ।

जेठ १६ काे  संकल्प : उपलब्धि र चुनाैती भन्ने नारासहित सुरु भएकाे भेलाकाे पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भव्य समाराेहबीच उद्घाटन गर्नुभएकाे थियाे ।

दाेस्राे दिन आज बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा १२ वटा समूहमा कार्यक्रमको उद्देश्यमा आधारित रहेर महत्वपूर्ण विषयमा समूहगत छलफल भएको थियो । समूहगत छलफलपछि सबै समूहका समूह नेताले समूहत छलफलकाे निष्कर्ष प्रस्तुत गर्नुभएप्काे थियाे ।

समूहगत निष्कर्षकाे प्रस्तुती सकिनासाथ पार्टीका महासचिव शंकर पाेखरेलले कार्यक्रममा सम्बाेधन गर्नुभएकाे थियाे ।

भेलामा डा. विमला राई पाैड्यालले प्रस्तावहरु प्रस्तुत गर्नुभएकाे थियाे । ती प्रस्तावलाई भेलाले पारित गरेकाे छ । ती प्रस्ताव कार्यान्वयन गर्ने संकल्पसहित भेला सम्पन्न भएकाे हाे । भेलाकाे उद्घाटनसँगै दाेस्राे दिन अर्थात समापन सत्रमा पनि निक्कै उत्साहजनक सहभागिता थियाे ।

Comments are closed.