अमेरिका–चीन सम्बन्धले मानव जातिको भाग्यमा प्रभाव पार्छ: सी

चीनका राष्ट्रपति सी जिनपिङले चीन–अमेरिका सम्बन्धले ‘मानव जातिको भाग्य’ मा प्रभाव पार्ने प्रतिक्रिया दिएका छन्।

बेइजिङमा अमेरिकी सिनेटर समूहसँगको भेटमा सीले परिवर्तनशील र अराजक संसारमा चीन र अमेरिका एकापसमा मिलेर कसरी काम गर्छन् भन्ने कुराले मानव जातिको भविष्य र भाग्य निर्धारण गर्ने बताए।

‘हामीसँग चीन–अमेरिकाबीचको सम्बन्ध बिगार्नका लागि एउटा कारण नभई सुधार्नका लागि एक हजार कारण छन् भनेर मैले थुप्रै राष्ट्रपतिसँग धेरै पटक भन्दै आएको छु’, बेइजिङको ग्रेट हल अफ दि पिपुलमा सीले भने। उनले चीन–अमेरिका सम्बन्ध विश्वको सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्ध भएको बताए।

जवाफमा अमेरिकी सिनेट नेता चक सुमर राष्ट्रपति सीसँग दुवै मुलुकले यो शताब्दीलाई आकार दिने भन्दै सम्बन्धलाई जिम्मेवार र सम्मानपूर्वक व्यवस्थापन गर्नुपर्ने बताए।

वासिङ्टनले बेइजिङसँगको तनाव कम गर्ने प्रयास गरेकै बेला बहुमत सिनेट नेता चक सुमर छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जाने पछिल्लो उच्च तहको अमेरिकी अधिकारी हुन्।

Comments are closed.