Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

 युद्धविरामकै बीच चीनले इरानतर्फ खतरनाक हतियार पठाएको अमेरिकी गुप्तचरको दाबी

Editorial Team by Editorial Team
April 12, 2026
in News, World
0
 युद्धविरामकै बीच चीनले इरानतर्फ खतरनाक हतियार पठाएको अमेरिकी गुप्तचरको दाबी
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – अमेरिका-इरानबीचको युद्धविरामबीच वार्ता असफल भइरहेका बेला चीनले इरानलाई हतियार पठाउने तयारी गरिरहेको जानकारी अमेरिकी गुप्तचर निकायले दिएको छ ।सीएनएनको ‘एक्सक्लुसिभ’ रिपोर्टअनुसार, चीनले इरानलाई सैन्य सामग्री आपूर्ति गर्न सक्ने सम्भावनाबारे अमेरिकी प्रशासन सतर्क रहेका छन् । भित्रभित्रै चीनले इरानलाई सशस्त्रीकरणमा सघाएको सूचना अमेरिकी गुप्तचरले दिएका छन् ।
यसै साता अमेरिका-इरानबीचको युद्ध रोक्ने युद्धविराम सम्झौता गराउन बेइजिङले भूमिका खेलेको दाबी गरिरहेको अवस्थामा यस्तो कदम खतरनाक देखिएको अमेरिकी अधिकारीको भनाइ छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि आगामी महिनाको सुरुमा चिनियाँ नेता सी जिनपिङसँग वार्ताका लागि चीन भ्रमण गर्ने तयारीमा छन्।
यो गुप्तचर सूचनाले इरानले युद्धविरामलाई आफ्ना केही हतियार प्रणाली पुनः सुदृढ गर्न, विशेषगरी प्रमुख विदेशी साझेदारहरूको सहयोगमा, अवसरका रूपमा प्रयोग गरिरहेको हुनसक्ने संकेत पनि दिएको सीएनएनको रिपोर्टमा छ ।
दुई स्रोतले सीएनएनलाई बताएअनुसार, बेइजिङले हतियार आपूर्तिको वास्तविक स्रोत लुकाउन तेस्रो मुलुकमार्फत ढुवानी गर्ने प्रयास गरिरहेको संकेत पनि भेटिएको छ।स्रोतहरूका अनुसार, बेइजिङले इरानलाई हस्तान्तरण गर्न तयारी गरिरहेको प्रणाली ‘म्यानप्याड्स’ MANPADS) भनिने काँधबाट प्रहार गर्न मिल्ने हवाई प्रतिरक्षा मिसाइल प्रणाली हुन् ।
पाँच सातासम्म चलेको युद्धका क्रममा यी प्रणालीहरूले तल्लो उचाइमा उड्ने अमेरिकी सैन्य विमानहरूका लागि असिमित खतरा उत्पन्न गरेका थिए, र युद्धविराम भंग भएमा फेरि त्यस्तै खतरा निम्त्याउन सक्छन् ।
शनिबार सीएनएनले अमेरिकी गुप्तचर सूचनाबारे र यस विषयमा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग कुरा गरेका छन् कि छैनन् भनेर सोध्दा ट्रम्पले बेइजिङले तेहरानलाई हतियार पठाए परिणाम भोग्नुपर्ने संकेत दिए ।
उनले ह्वाइट हाउसबाट फ्लोरिडा प्रस्थान गर्दै भने, “यदि चीनले त्यस्तो गर्छ भने, चीनले ठूलो समस्या झेल्नुपर्नेछ, ठीक छ ?” ट्रम्पले आफूले सीसँग कुरा गरेको वा नगरेकोबारे भने स्पष्ट पारेनन् ।वाशिङ्टनस्थित चिनियाँ दूतावासका एक प्रवक्ताले भने-चीनले द्वन्द्वमा संलग्न कुनै पनि पक्षलाई कहिल्यै हतियार उपलब्ध गराएको छैन,यससम्बन्धी जानकारी असत्य हो ।
अमेरिकी अधिकारीहरूले चीन-इरानबीचको सम्भावित सैन्य सहकार्यलाई नजिकबाट निगरानी गरिरहेका छन्। यद्यपि, हतियार आपूर्ति कहिले र कसरी हुने भन्नेबारे स्पष्ट विवरण सार्वजनिक गरिएको छैन ।
चीनले भने यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन । तर, पछिल्ला वर्षहरूमा इरानसँगको आर्थिक र कूटनीतिक सम्बन्ध सुदृढ बनाउँदै आएको चीनले यस्तो आरोप अस्वीकार गर्न सक्ने अनुमान गरिएको छ ।
विश्लेषकहरूका अनुसार, यदि चीनले इरानलाई प्रत्यक्ष रूपमा हतियार सहयोग गर्‍यो भने यसले मध्यपूर्वको शक्ति सन्तुलनमा ठूलो असर पार्न सक्छ र अमेरिका-चीन प्रतिस्पर्धा थप तीव्र बन्न सक्छ । युद्धविरामको अवस्था कति दिगो हुन्छ भन्नेबारे थप अनिश्चितता सिर्जना गरेको छ । एजेंसी

Advertisement Banner
Previous Post

प्रसिद्ध गायिका आशा भोस्ले को निधन

Next Post

अधिकारीको अपराध जालो पर्दाफास

Editorial Team

Editorial Team

Next Post
अधिकारीको अपराध जालो पर्दाफास

अधिकारीको अपराध जालो पर्दाफास

Recommended

India’s central bank on Wednesday raised its key interest rate to 4.9% from 4.4%

India’s central bank on Wednesday raised its key interest rate to 4.9% from 4.4%

4 years ago
रवि र बालेनबीच झण्डै ७ घण्टा लामो वार्ता

रवि र बालेनबीच झण्डै ७ घण्टा लामो वार्ता

8 months ago

Don't Miss

South Korea to send 44-member disaster relief team to Nepal after floods

South Korea to send 44-member disaster relief team to Nepal after floods

September 1, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

September 1, 2026
Lionel Messi announces retirement from international football

Lionel Messi announces retirement from international football

September 1, 2026
Nepal flood: Death toll reaches 903

Nepal flood: Death toll reaches 903

August 31, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.