काठमाडाैं —अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औषधिमा पनि कर लगाउने बताएका छन् । वासिङ्टन डीसीमा एक कार्यक्रममा भाषण दिँदै उनले भने, ‘हामी आवश्यक कदम चाल्दैछौं। जब हामी औषधिमा शुल्क लगाउँछौं, विदेशी कम्पनीहरू अमेरिकामा औषधि उत्पादन गर्न फर्कनेछन्, किनभने अमेरिका सबैभन्दा ठूलो बजार हो।’
यसले औषधि कम्पनीहरूमाथि दबाब पर्ने ट्रम्पले दाबी गरेका छन् । जसका कारण ती कम्पनीहरूले चीनजस्ता देशहरूबाट आफ्नो व्यवसाय सार्ने र अमेरिकामा कारखाना स्थापना गर्ने उनको भनाइ छ ।
ट्रम्पले गत हप्ता कर घोषणा गर्दा औषधिहरूलाई छुट दिएका थिए। तर ट्रम्पले पहिले नै औषधिमा छुट्टै कर लगाउने बताउँदै आएका छन्।
विश्वका अधिकांश औषधिहरू चीन, भारत र युरोपमा उत्पादन गरिन्छ। केही विज्ञहरूले औषधिमा प्रयोग हुने सामग्रीहरूमा भन्सार लगाइएमा सर्वसाधारणका लागि औषधिको मूल्य बढ्न सक्ने चेतावनी दिएका छन्।
Comments are closed.