भानुभक्त जन्मस्थलको विकासमा गम्भीर छौँ : मुख्यमन्त्री पाण्डे

तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल भानु नगरपालिका–४ चुँदीरम्घाको विकासमा प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।

भानु जन्मस्थल विकास समितिको आयोजनामा भानु नगरपालिका–४ चुँदीरम्घामा शुक्रबार आयोजित दुई सय १०औँ भानु जयन्तीका अवसरमा उनले भानु जन्मस्थलको विकास गरी चुँदीरम्घालाई साहित्यिक गन्तव्यका रूपमा विकास गर्ने गरी प्रदेश सरकार अग्रसर रहने बताए । आफूले भानु जन्मस्थलको पहिलो पटक अवलोकन गरेको र पर्याप्त विकास हुन नसकेकोमा दुःख लागेको मन्त्री पाण्डेको भनाइ छ ।

“मैले पनि पहिलो पटक भानुभक्त जन्मिएको घरलगायत संरचनाको अवलोकन गर्ने अवसर पाएँ”, मुख्यमन्त्री पाण्डेले भने, “तर भानु जन्मस्थलको जति विकास हुनुपर्ने हो, त्यति हुन सकेको जस्तो लागेन । यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने गरी अघि बढ्ने छौँ ।”

Comments are closed.