हामीलाई प्रधानमन्त्रीको जवाफ होइन अब राजीनामा चाहियो: ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब प्रधानमन्त्रीको जवाफ भन्दा पनि राजीनामा चाहिएको बताएका छन्।

संसद भवन परिसरमा पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति राष्ट्रिय स्वाभिमान र स्वाधीनता विपरीत रहेको बताए।

‘प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय स्वाभिमान र स्वाधीनता गिराउने खालको अशोभनीय र आपत्तिजनक रह्यो’, ओलीले भने ‘अब हामीलाई उहाँको जवाफ होइन राजीनामा चाहियो, उहाँबाट सारै भएन।’

आफूलाई प्रधानमन्त्री बनाउन ‘प्रितम सिंह सरदार पटक पटक दिल्ली गएको’ भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको हो।

प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेले बुधबार प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ।

Comments are closed.