गृहमन्त्रीको अभिव्यक्तिबारे प्रधानमन्त्रीसँग हिसाब-किताब खोज्छौँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताहरू लक्षित गर्दै दिएको अभिव्यक्तिबारे सरकारसँग जवाफ माग गरेको छ ।
प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै महामन्त्री थापाले गृहमन्त्री लामिछानेले लगाएका आरोपहरूको जवाफ माग गरेका हुन् ।गृहमन्त्री लामिछानेले लगाएका आरोपहरूको अपनत्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै लिनुपर्ने महामन्त्री थापाको भनाई छ ।
महामन्त्री थापाले भने,‘कि प्रधानमन्त्रीले अर्न गर्नुस् । होइन भने सदनबाट हटाउन भन्नुस् । होइन भने प्रधानमन्त्रीसँग हिसाबकिताब लिइन्छ । यही सदनमा लिइन्छ ।’महामन्त्री थापाले गृहमन्त्री लामिछानेको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने बताए ।महामन्त्री थापाले गृहमन्त्री लामिछानेले ‘देशको सूचना बेच्ने एजेन्ट’ भएको सङ्केत गर्दै आफूविरुद्ध दिएको अभिव्यक्ति संसद्को रेकर्ड बाट हटाउनुपर्ने बताए ।

Comments are closed.