जनकपुरधाम । रामकलेवा गरी सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ । जन्तीको रुपमा आएका साधुशन्तलाई ५६ व्यञ्जन मिष्टान भोजन खुवाएर शनिबार बिदाइ गरी राम कलेवा गरिएको हो ।शुक्रबार राम र सीताको वैवाहिक कार्यक्रम पश्चात हिजो शनिबार जानकी मन्दिर प्रांगणमा बालबालिकालाई प्रतिकात्मक बनाइएको राम, लक्ष्मण, भरत, शत्रुधनसँगै साधुसन्तलाई मिष्टान भोजनसँगै गालीगीतले स्वागत गर्ने कार्यक्रम रहेको थियो । उनीहरुलाई दानदक्षिणासहित बिदाइ गरिएको छ । यो विधिलाई राम कलेवा भनिन्छ ।रामकलेवा हेर्नसमेत दर्शनार्थीहरुको घुइँचो लागेको थियो । यसँगै सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव सम्पन्न भएको हो ।
मंसिर १६ गतेदेखि सुरु भएको विवाहपञ्चमी महोत्सवको पहिलेदिन दिन नगरदर्शन, दोस्रोदिन फुलवारी लिला, तेस्रो दिन धनुषा यज्ञ, चौथो दिन तिल्कोत्सव, पाँचौ दिन मटकोर, छैटौं दिन विवाहपञ्चमी मनाइएको थियो ।त्रेता युगमा मंसिर शुक्ल पक्षको पञ्चमी तिथिका दिन भगवान राम र आदर्शनारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव भव्यताका साथ मनाइन्छ ।
Trending Now
- भागवत खनालको निबन्धसंग्रह ‘आत्मबोध’ लोकार्पण
- पारित भयो राष्ट्रिय सभाबाट सर्वसम्मत बैंकिङ कसुर तथा सजाय विधेयक
- आठ महिनामा थपियो २ खर्ब ४१ अर्ब सरकारी ऋण
- Google agrees to pay $28 million in racial discrimination lawsuit
- 372 prisoner-of-war exchange between Russia and Ukraine
- एनसेल फाउन्डेसनले थाल्यो एनपीएलका चौका वापतको शैक्षिक सामग्री वितरण
- Emergency declaration in Nigeria
- जीवा लामिछानेको तेस्रो कृति ‘अक्षत अन्टार्कटिका’लोकार्पण
- नागरिकका असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्छ : गगन थापा
- आजदेखि एसइई सुरु हुँदै, ३७ जना जापानबाट सहभागी हुने
Comments are closed.