काभ्रेपलाञ्चोक । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई नेपालको पहिलो स्वस्थ सहरका रूपमा सूचीकृत गर्ने भएको छ । काठमाडौँबाट ३० किलोमिटर पूर्वमा अवस्थित पर्यटकीय नगर धुलिखेललाई डब्लुएचओले करिब एक महिनाभित्र पहिलो स्वस्थ सहरको मान्यता दिई सदस्यता प्रदान गर्ने जनाइएको छ ।
दिगो विकास लक्ष्यका चार लक्ष्यअन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी र गरिबी निवारणको क्षेत्रमा काम गरिरहेका विश्वका आठ देशमा धुलिखेलको अनुकरण भइरहेको धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जूले जानकारी दिए । “डब्लुएचओले करिब एक महिनाभित्र सूचीकृत गरी नेपालको पहिलो स्वस्थ सहरको सदस्यता प्रदान गर्ने तयारी गरेको जानकारी आएको छ”, उनले भने । प्रमुख ब्याञ्जूका अनुसार नगरले स्वस्थ सहरका मान्यता प्राप्त गर्न स्वास्थ्य, पूर्वाधार र गरिबी निवारणको क्षेत्रमा तयारी गरिरहेको छ । भौतिक पूर्वाधारसँगै मानवीय आधारभूत आवश्यकतालाई पनि विस्तार गर्दै लगिएको नको भनाइ थियो
Trending Now
- भारतका चार स्रष्टालाई नइ पुरस्कार दिने घोषणा
- रवि लामिछानेको काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस सुरु
- महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको फिल्म ‘जुनाः एक व्यथा’ को टिजर सार्वजनिक
- हेमन्त खालिङ र उर्मिला खालिङको गीत नु (मन) सार्वजनिक
- Preparations for presidential elections in Belarus
- काठमाडौं महानगरपालिकाले २७ औं भूकम्प सुरक्षा दिवस मनायो
- मगर र थारु समुदायले टुँडिखेलमा माघी मनाए
- डा. कोजुको ‘मुटुको कथा’ सार्वजनिक
- विपिनको रिहाइका लागि परराष्ट्रमन्त्री राणा र कतारका विदेशमन्त्रीबीच फोनवार्ता
- कांग्रेसभित्रै सरकारप्रति चरम असन्तुष्टि देखिन्छ: प्रचण्ड
Comments are closed.