काठमाडौँ : धेरै मानिसहरूले तौल घटाउन चिनीरहित मिठाई (सुगर फ्री स्वीटनर) प्रयोग गर्छन्। यो तपाईंको स्वास्थ्यका लागि खतरनाक हुन सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ।
संगठनले शरीरको तौल नियन्त्रण गर्न वा नसर्ने रोगको जोखिम कम गर्न चिनीरहित मिठाईको प्रयोग नगर्न चेतावनी दिएको छ। चिनीरहित मिठाईको प्रयोगले वयस्क वा बच्चाहरूमा शरीरको तौल घटाउनका लागि कुनै फाइदा नगरेको प्रमाणका समीक्षा गर्दै उसले यस्तो जानकारी दिएको हो।
चिनीरहित मिठाईको दीर्घकालीन प्रयोगले खानपान र जीवनशैलीका कारण हुने मधुमेह, मुटु रोग र वयस्कहरूमा मृत्युदरको जोखिम बढेको पाइएको उसको भनाइ छ।
डब्ल्यूएचओका पोषण र खाद्य सुरक्षा निर्देशक फ्रान्सिस्को ब्रान्काले खाना वा पेय पदार्थमा मिसिएको कुनै पनि प्रकारको मिठाईको साटो चिनीरहित मिठाई प्रयोग गर्दा लामो समयसम्म पनि तौल घटाउन मद्दत नगर्ने बताए।
मानिसहरूले अन्य विकल्प सोच्नुपर्ने स्वास्थ्य संगठनको भनाइ छ। उदाहरणका लागि प्राकृतिक रूपमा गुलियोपन भएका फलफूल र पेय पदार्थ खाने।
ब्रान्काले विज्ञप्तिमार्फत चिनीरहित मिठाई आहारको आवश्यक तत्व नभएको र पोषणको दृष्टिकोणले यसको कुनै मूल्य नभएको बताएका छन्। मानिसहरूले आफ्नो स्वास्थ्य सुधार गर्न जीवनको सुरुदेखि नै आफ्नो आहारमा गुलियोको मात्रा कम गर्नुपर्छ।
Trending Now
- Meeting of Pakistani Ambassador with the Prime Minister, discussion on activation of SAARC
- सुवेदीद्वारा रचित ‘अनि प्रतीत्य समुद्पाद, शुन्य शुन्य महाशुन्य’ माथि अन्तरक्रिया
- SpaceX launches 21 ‘Starlink Internet satellites’ into space
- पछिल्ल्लो ६ घण्टामा डडेलधुरामा सबैभन्दा बढी वर्षा
- Biden granted relief to 37 people awaiting death penalty
- More than 60 percent of Mongolia has snow
- Foreign Minister Rana returns home after visiting four countries
- निजामती कर्मचारी अस्पतालमा परम्परागत चिनियाँ चिकित्सा सेवा सुरु
- हुम्लामा गएरातिदेखि हिमपात सुरु: आसपासका बस्तीमा सुरक्षित रहन आग्रह
- जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा विजयी
Comments are closed.