काठमाडौँ । अभिनेता जीतु नेपाल ‘ज्वाइँ साब’ बन्ने भएका छन् । रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको फिल्म ‘ज्वाइँ साब’मा उनी केन्द्रीय भूमिकामा देखिने भएका हुन् ।कथा राम्रो लागेकोले ‘ज्वाइँ साब’ अभिनय गर्न लागेको नेपालले बताए । फिल्मको अहिले लेखन कार्य जारी रहेको जीतुले सुनाए ।
राजकुमार पण्डितको निर्माण रहने फिल्म सामाजिक कथावस्तुमा कमेडी शैलीमा निर्माण हुन लागेको हो । जीतुले यसअघि मुख्य भूमिकामा फिल्म ‘ह्यारीकी प्यारी’ अभिनय गरेका थिए ।
बसन्त निरौलाको निर्देशन रहने फिल्ममा मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङ निर्माताको रुपमा रहनेछन् । सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद फिल्ममा रहनेछ ।
आउँदो वर्षको तिहारमा रिलिज लक्ष्य राखिएको फिल्मको वैशाख १५ गतेबाट छायांकन सुरु हुने बताइन्छ ।
Trending Now
- Russian President Proclaims Revenge for Ukraine Drone Strike
- आख्यानकार रमेश विकल स्मृति दिवसमा स्रष्टा पुरस्कृत
- पनौतीका केही जात्रापर्वहरुको पुस्तक तेस्रो संस्करण सार्वजनिक
- 2024 ‘hottest year’
- Plane crash in Brazil kills 10, injures 17
- Five ambassadors take oath
- 72 billion and 93 crore rupees assistance in improvement of electricity transmission and distribution system
- Significant increase in foreign aid commitments, two billion received in five months
- सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
- कवि, गीतकार तथा गजलकार प्रेमप्रसाद भट्टराईको एकल गजल वाचन सम्पन्न
Comments are closed.