Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

पुरानो घर थिएटरमा  ‘कनन हरलता’ मञ्चन हुँदै

Editorial Team by Editorial Team
July 12, 2022
in Feature
0
पुरानो घर थिएटरमा  ‘कनन हरलता’ मञ्चन हुँदै
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

असार २७, २०७९ काठमाडौँ —

रंगकर्मी कुन्दन थारुको डेब्यू निर्देशन रहेको नाटक ‘कनन हरलता’ सिनामंगलस्थित पुरानो घर थिएटरमा मञ्चन हुँदैछ । थारु समुदायमा प्रचलित किम्दबन्तीमाथि आधारित नाटक असार २५ देखि मञ्चनमा आएको हो । प्रदेश २ मा बोलिने बज्जिका भाषामा नाटक तयार भएको छ । हालै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको ‘बहुभाषिक नाट्य उत्सव २०७९’मा छनोट भएको यो नाटक पुरानो घरमा ३१ गतेसम्म मञ्चन हुनेछ ।

बहुभाषिक नाट्य उत्सव २०७९’मा सातै प्रदेशका नाटक छनोट भई मञ्चन भएका थिए । त्यसमध्ये कुन्दन निर्देशित ‘कनन हरलता’ भने प्रदेश २ बाट छनोट भई असार १३ गते मञ्चन भयो । नाटकले पाएको प्रतिक्रियाले नै ‘कनन हरलता’लाई आफूले फेरि पुरानो घरको मञ्चमा प्रस्तुत गरेको कुन्दन बताउँछन् । यसअघि २०७६ मा ‘इलाम राष्ट्रिय लोक नाट्य महोत्सव’मा छनोट भई यो नाटक मञ्चन भएको थियो । त्यतिबेलाका कलाकारहरु अन्य नाटकमा व्यस्त भएपछि थारुले नयाँ टिमलाई ‘कनन हरलता’मा अभिनय गराएका छन् । ‘हालै महोत्सवमा नाटकको लाइट, स्टेज, प्रस्तुति, संगीत पाटोको तारिफ भयो । हाउसफूल दर्शकबीच नाटक देखाइएको थियो । कतिलाई भाषा बुझ्न पनि दिक्कत भएको थियो,’उनले भने ।

कनन हरलता’मा भगवान कृष्णको एक स्वरुपलाई प्रस्तुत गरिएको छ । ‘जब श्रीकृष्ण भगवानले आफ्नो विराट स्वरुप प्रकट गरे, सबले आ-आफूभित्र समाहित कृष्ण देखे । कसैले विकराल मृत्यु देखे । आखिरमा पुर्णरुप कसैले देखेनन् । यो मैले देखेको कृष्णको एक स्वरुप हो – कनन हरलता । महाभारत युद्धपछाडि जब कलियुगले परिक्षितको टाउकोमा बास गरे त्यस पछाडीको कटान शैली हो कनन हरलता,’नाटकको कथासार सुनाउँदै कुन्दनले भने ।

कुन्दनका अनुसारमा प्रदेश २ तिर पहिला-पहिला घुर ताप्दै ठूलाबडाबाट लोककथा सुन्ने प्रचलन थियो । विशेष गरी जाडो याममा ९ दिन ९ रात लगाएर बाजेहरुले कथा सुनाउने गर्थे । उनले यो कथा आफ्नो हजुरबुवा र बुवाबाट सुनेका थिए । तर, जब उनले यो कथामा नाटक लेख्ने सोचे तब पूरा कथा जानेका अर्का एकजनासँग आफूले कथा सुनेको र त्यसलाई नाट्य स्वरुपमा ढालेको कुन्दन सुनाउँछन् । ‘यो कथा एकजना बाजेलाई पूरा थाहा थियो । उहाँ बाजेलाई मैले ४ जोर परेवा दिइसकेपछि उहाँले यो कथा सुनाउनु भएको थियो । त्यही कथालाई मैले परिमार्जित गरेर नाट्य स्वरुप दिएँ,’उनले आफूले नाटक लेख्दाको क्षण सम्झँदै भने,’अब त्यतिबेला निर्देशकहरुले मलाई खासै नाटकमा खेलाउँथेनन् । नाटकका लागि अडिसन दिन्थें तर फर्काइदिन्थे । स्टेज पछाडि पनि कति बस्ने भनेर आफैंले केही गर्नुपर्छ भनेर यो दन्त्य कथामाथि नाटक तयार पारें । साथीभाइसँग सल्लाह मागे ।’

नाटकमा कलाकारहरु सरिता भुजेल, अरुण पौडेल, रितेश कार्की, जयराम ढकाल, उमेश चौधरी, शिशिर गिरी, प्रतीक चौधरी, युनिषा बजगाईं, सागर भट्टराई, सञ्जय चौधरी, सबिता थिङ, श्रवण यादवको अभिनय छ । त्यस्तै नाटकमा राजकमल फकिर, तुलसी बोहराको संगीत, जयराम ढकालको प्रकाश परिकल्पना, सन्देश कार्कीको प्रकाश परिचालन, सरिता भुजेलको भेषभूषा समावेश छ ।

 

Advertisement Banner
Previous Post

नाबालिका तथा महिलाको तस्विर सम्प्रेषण गरी चरित्र हत्या गर्ने पक्राउ  

Next Post

European Commission approves Dutch scheme to support the filling of the gas storage facility Bergermeer in context of Russia’s invasion of Ukraine

Editorial Team

Editorial Team

Next Post
EU disburses €600 million in Macro-Financial Assistance to Ukraine

European Commission approves Dutch scheme to support the filling of the gas storage facility Bergermeer in context of Russia's invasion of Ukraine

Recommended

पूर्वी नाका काँकरभिट्टा (झापा)बाट चार महिनामा रु १६ अर्ब बढीको आयात ८ अर्बको निर्यात

पूर्वी नाका काँकरभिट्टा (झापा)बाट चार महिनामा रु १६ अर्ब बढीको आयात ८ अर्बको निर्यात

4 months ago
U.K. Prime Minister Boris Johnson resigns

U.K. Prime Minister Boris Johnson resigns

4 years ago

Don't Miss

अक्षरमार्गद्वारा ‘वसन्त काव्य गोष्ठी तथा सम्मान कार्यक्रम

अक्षरमार्गद्वारा ‘वसन्त काव्य गोष्ठी तथा सम्मान कार्यक्रम

March 29, 2026
Qatar and Ukraine SIGN defence cooperation agreement

Qatar and Ukraine SIGN defence cooperation agreement

March 29, 2026
US Central Command deploys 3,500 Marines and sailors aboard USS Tripoli to Middle East

US Central Command deploys 3,500 Marines and sailors aboard USS Tripoli to Middle East

March 29, 2026
प्रमाण नष्ट हुन सक्ने भन्दै शेरबहादुर देउवाको जलेको घर भत्काउन रोक

प्रमाण नष्ट हुन सक्ने भन्दै शेरबहादुर देउवाको जलेको घर भत्काउन रोक

March 29, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.