Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

नेपाल मेडिकल कलेजमा विश्व मुख स्वास्थ्य दिवस भब्यताका साथ सम्पन्न

Editorial Team by Editorial Team
March 24, 2026
in Nepal, News
0
नेपाल मेडिकल कलेजमा विश्व मुख स्वास्थ्य दिवस भब्यताका साथ सम्पन्न
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाल मेडिकल कलेजले विश्व मुख स्वास्थ्य दिवसकाे अवसरमा विविध सचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । कलेजका बीडीएस १२औँ ब्याचका विद्यार्थीहरूको आयोजनामा भएकाे कार्यक्रममा मुख स्वास्थ्य सचेतनासँगै प्यानल डिस्कस समेत गरिएकाे थियाे ।
कार्यक्रम दिउँसो १ बजे डेन्टल ब्लकमा ब्यानर ड्रपसहित सुरु गरिएको थियो । कार्यक्रमकाे प्रमुख अतिथी कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिन हुनुहुन्थ्याे । भने अन्य अतिथीहरूमा कलेजका प्रिन्सिपल प्रा. डा. मोदनाथ मरहठ्ठा, अस्पताल निर्देशक प्रा.डा. निलमणी उपाध्याय लगायत कलेजका उच्च पदस्थ पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
साे अवसरमा बाेल्दै प्रमुख अतिथी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले मानव स्वास्थ्यमा मुख स्वास्थ्य त्यसमाथि दन्त स्वास्थ्य महत्वपूर्ण भएकाे बताउनु भयाे । दाँत तथा मुखलाइ कसरी स्वस्थ राख्ने विषय समुदाय स्तरमै गएर सचेतना फैलाउनु पर्ने र त्यसका लागि कलेज प्रशासनले समेत आवश्यक सहजीकरण र सहयाेग गर्ने उहाँकाे भनाइ थियाे । कार्यक्रममा अन्य वक्ताहरूले मुख स्वास्थ्य समग्र स्वास्थ्यको महत्वपूर्ण अंग भएको उल्लेख गर्दै नियमित दन्त परीक्षण, सरसफाइ र जनचेतनाको आवश्यकतामा जोड दिनुभयाे ।
“ह्याप्पी माउथ इज अ ह्याप्पी लाइफ” भन्ने नारासहित आयोजित प्यानल छलफलमा प्राध्यापकहरूले मुख स्वास्थ्यको महत्व र यसको दैनिक जीवनसँगको सम्बन्धबारे विचार व्यक्त गरेका थिए । साथै, विद्यार्थीहरूले सचेतनामूलक नाटक, नृत्य तथा अन्य प्रस्तुतिहरूमार्फत कार्यक्रमलाई आकर्षक बनाएका थिए ।
यसअघि बिहान आयोजित अन्य कार्यक्रमअन्तर्गत रील्स तथा पोस्टर प्रदर्शनी गरी मूल्याङ्कन गरिएको थियो । सहभागीहरूलाई प्रमुख अतिथी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले प्रमाणपत्र तथा पुरस्कार वितरण गर्नुभयाे । कार्यक्रमले मनोरञ्जनसँगै जनचेतना अभिवृद्धि गर्दै मुख स्वास्थ्यप्रति सचेतना फैलाउन सहयाेग पुगेकाे बताइएकाे छ ।

Advertisement Banner
Previous Post

नेपाल र हङकङबीचको मैत्रीपूर्ण फुटबलको लागि कुनै स्वीकृति पत्र नआएको एन्फाकोे दाबी

Next Post

खाडीमा युद्धको असर बीच श्रमिकलाई राहत:आंशिक रूपमा खुले श्रम नवीकरण, हजारौँ नेपाली अझै अनिश्चिततामा

Editorial Team

Editorial Team

Next Post
खाडीमा युद्धको असर बीच श्रमिकलाई राहत:आंशिक रूपमा खुले श्रम नवीकरण, हजारौँ नेपाली अझै अनिश्चिततामा

खाडीमा युद्धको असर बीच श्रमिकलाई राहत:आंशिक रूपमा खुले श्रम नवीकरण, हजारौँ नेपाली अझै अनिश्चिततामा

Recommended

Nearly 300,000 foreign tourists visit Annapurna region

Nearly 300,000 foreign tourists visit Annapurna region

9 months ago
होन्डुरसका पूर्वराष्ट्रपति अमेरिकी जेलबाट रिहा

होन्डुरसका पूर्वराष्ट्रपति अमेरिकी जेलबाट रिहा

9 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.