विश्व टेष्ट च्याम्पियनसिपको फाईनल: भारतले टस जितेर बलिङ्ग रोज्यो

आईसीसी विश्व टेष्ट क्रिकेट च्याम्पियनसिपको फाइनलमा भारतले टस जितेर बलिङ्ग रोजेको छ । इङ्गल्याण्डको ऐतिहासिक क्रिकेट मैदान द ओवलमा फाइनल खेल सञ्चालन हुँदैछ ।

त्यस्तै फाइनल खेलमा भारतको प्लेइङ्ग इलेवनमा रोहित शर्मा (कप्तान) शुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली, अजिङ्क्य रहाणे, श्रीकर भरत (विकेट किपर) रविन्द्र जडेजा, शार्दुल ठाकुर, उमेश यादव, मोहम्मद शमी र मोहम्मद सिराज रहेका छन ।

यसैगरि अष्ट्रेलियाको प्लेइङ्ग इलेवनमा प्याट कमिङ्स (कप्तान) डेविड वार्नर, उस्मान ख्वाजा, मार्नस लाबुशेन, स्टीवन स्मिथ, ट्रेविस हेड, क्यामरुन ग्रिन, एलेक्स केरी (विकेट किपर), मिशेल स्टार्क, नाथन लायन र स्काट बोलेन्ड रहेका छन ।

Comments are closed.