काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबिया र नेदरल्याण्डसबीच खेल हुँदैछ । टियु मैदानमा हुने यो खेल बिहान ९: ३० बजेदेखि सुरु हुँदैछ ।
लिग-२ को जारी सिरिजमा नामिबियाले ३ खेलमा २ खेल जितेको छ भने नेदरल्याण्डसले २ खेलमा एक खेल जितेको छ । नामिबियाले नेपालविरुद्धको दुवै खेल जितेको छ भने नेदरल्याण्डससँगको खेलमा हार बेहोरेको थियो । त्यस्तै नेदरल्याण्डसले नामिबियालाई जिते पनि नेपालसँग हार बेहोरेको थियो ।
नेदरल्याण्डस र नामिबियाबीच अहिलेसम्म केवल २ एकदिवसीय खेल भएका छन् । जसमा दुवै खेल नेदरल्याण्डसले जितेको छ । लिग- २ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।
आइसीसीका अनुसार लिग-२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।
यो खेलपछि सिरिजको अन्तिम खेलमा आइतबार नेपालले नेदरल्यान्ड्सको सामना गर्ने तालिका रहेको छ ।
Trending Now
- धीरकुमार श्रेष्ठको ‘आख्यानको आँखीझ्याल’ र ‘अध्ययन विश्लेषण’ पुस्तक लोकार्पण
- साहित्यकार गाम्नागेको कृति ‘दलालशाला’ झापा र दुबईबाट एकसाथ विमोचन
- Iranian President warns Trump not to risk ‘war’
- राष्ट्रपतिद्वारा तीन गैरआवासीय राजदूत नियुक्त
- Israel and Hamas ended a 15-month war, with a full ceasefire effective Sunday.
- नेविसंघले माग्यो त्रिविका उपकुलपति बरालको राजीनामा
- पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २ रुपैंयाले बढ्यो
- यस्ता छन् सरकारले ल्याएका पाँच अध्यादेश
- Meeting between Nepali Congress leader Koirala and Martin.
- सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ: गृहमन्त्री लेखक
Comments are closed.