आदित्य मोक्षधाम दारिमकोट कुसादेवी, पनौतीमा सम्पन्न भइरहेको आदित्य जनकल्याण महायज्ञ महाअनुष्ठानमा आज २०७९ फागुन १९ गते साहित्यकारहरु सहभागी भए । साहित्यिक पत्रकार संघले संयोजन गरेको सो महायज्ञमा सहभागी साहित्यकारहरुमा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, साहित्यकारहरु प्रद्युम्न श्रेष्ठ (सिक्किम), भागीरथी श्रेष्ठ, किशोर पहाडी, प्रमोद प्रधान, ध्रुब मधिकर्मी, गीता कार्की, ठाकुर बेलबासे, निर्मलरमण पराजुली, रमेश खनाल, सावित्री श्रेष्ठ, नीता श्रेष्ठ, भानुप्रकाश जोशी, उषा के. सी., राज रजक, रुद्र अधिकारी, पारु तिमिल्सिना, मुना बोहोरा, त्रिलोचन प्रधानको उपस्थिति रहेको थियो । यसैगरी ठोकप्रसाद सिवाकोटी, भुपेन्द्र निरौला, बिटु श्रेष्ठ, उर्मिला शाह, रिता खनाल, धर्मकला सिवाकोटी, मन भुजेल, सुनिता बस्नेत, पार्वता थापा, बसन्त थापा, सरस्वती थापा आदिको पनि उपस्थिति रहेको थियो । सो आदित्य जनकल्याण महायज्ञ महाअनुष्ठानमा आज प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड), पूर्व प्रधानमन्त्री के. पी. शर्मा ओलीलगायतको उपस्थिति रहेको थियो । नेपाल, नेपाली र नेपाली संस्कृतिलाई विश्वभरि चिनाउने दुर्लभ प्रकृतिको तीर्थधामको रुपमा आदित्य मोक्षधामको निर्माण हुन गइरहेको छ । यो ठाउँलाई तपोसिद्द अध्यात्म केन्द्र बनाउन लागिएको छ । विश्वको आठौं आचार्यको रुपमा विकास गर्ने लक्ष्य रहेको छ ।
Trending Now
- वेस्ट बैंकको जेनिनमा इजरायली हवाई हमला : १ जनाको मृत्यु, ८ घाइते
- मिलन राईको गिरफ्तारीविरुद्ध ११ वटा संगठनको विरोध
- राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्तिले सत्ताको छुट्टै अभ्यास गर्ने
- भारतसँग सम्बन्ध सुधार्छौं : पाकिस्तान
- जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु : प्रधानमन्त्री
- संसद् सधैँ बन्धक बन्न सक्दैन: सभामुख घिमिरे
- संसदीय छानबिन समिति गठन गरेर निकास दिन प्रधानमन्त्री तयार
- चितवनको देवनगर सबस्टेसन उद्घाटन
- पाथीभरामा एक महिनामा ६९ लाखभन्दा बढी भेटी संकलन
- राति १२ बजेदेखि मधेसका चार जिल्लाको सीमानाका बन्द
Comments are closed.