Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

युवा पुस्तासँग जोडिँदै यामाहा: ‘ओटाकु जात्रा २०२५’ मा ८,००० भन्दा बढीको उत्साहजनक सहभागिता

Editorial Team by Editorial Team
December 31, 2025
in Nepal, News
0
युवा पुस्तासँग जोडिँदै यामाहा: ‘ओटाकु जात्रा २०२५’ मा ८,००० भन्दा बढीको उत्साहजनक सहभागिता
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– नेपाल – १४ पुष २०८२- यामाहा नेपालले नेपालको सबैभन्दा ठूलो पप-कल्चर फेस्टिभल “ओटाकु जात्रा इन्टु जात्रा भर्स २०२५” (Otaku Jatra into Jatra Verse 2025) मा सह-प्रायोजकको रूपमा सहभागिता जनाउँदै युवाहरूसँगको आफ्नो सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको छ।
८,००० भन्दा बढी युवा, पप-कल्चर फ्यान, गेमर, र कस्प्ले (Cosplay) कलाकारहरूको उत्साहजनक उपस्थिति रहेको यस कार्यक्रममा यामाहाको सहभागिता केवल मोटरसाइकल प्रदर्शनमा मात्र सीमित रहेन। यामाहाले आफ्नो MT-15 सिरिजलाई ओटाकु जात्रामा ल्याउँदै स्ट्रीट–कल्चर मोटरसाइकलिङ र पप–कल्चर समुदायको दूरी घटाउने काम गर्‍यो, जहाँ सृजनशीलता, आत्म-अभिव्यक्ति र राइडिङ लाइफस्टाइल एकै ठाउँमा प्रस्तुत गर्ने मौका दियो।
ओटाकु जात्रा जस्तो युवा-केन्द्रित र सिर्जनात्मक कार्यक्रममा सहभागिता जनाएर यामाहाले आधुनिक युवा संस्कृति, उनीहरूको वैयक्तिक स्वतन्त्रता र जीवनशैलीलाई बुझ्ने ब्रान्डको रूपमा आफ्नो परिचयलाई अझ बलियो बनाएको छ। कस्प्ले, स्ट्रिट आर्ट, गेमिङ र संगीतले भरिपूर्ण उक्त फेस्टिभलको माहोल यामाहाको ‘युवा र स्ट्रिट-कल्चर’ मा केन्द्रित पहिचानसँग पूर्ण रूपमा मेल खाएको थियो।
यसै अवसरमा यामाहाले नेपालको प्रतिष्ठित ‘नेपाल रोड रेसिङ च्याम्पियनसिप (NRRC) २०२५’ का पोडियम विजेता दीपेश जैसवाल, नेसनल क्याटागोरी विजेता श्रीहरि पौडेल र महिला क्याटागोरी विजेता वर्षा बस्नेतलाई यामाहाको मर्चेन्डाइज हस्तान्तरण गर्दै सम्मान गरेको थियो। यसले मोटरस्पोर्ट्सको विकास र उत्कृष्टताप्रतिको ब्रान्डको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।
कार्यक्रमको मुख्य आकर्षणमध्ये एक ‘कस्टमाइज्ड’ (Customized) MT-15 मोटरसाइकलहरूको प्रदर्शनी थियो। राइडरहरूको व्यक्तिगत कथा र प्रेरणा झल्काउने यी मोटरसाइकलहरूमा गरिएको युनिक मोडिफिकेसन, लिभरी र एसेसरिजले राइडिङ समुदायभित्रको रचनात्मकतालाई उजागर गरेको थियो। यामाहा नेपालका सीईओ तथा कार्यकारी निर्देशक श्री दीपक कुमार अग्रवालले ती राइडरहरूलाई भेट्दै यामाहाको मर्चेन्डाइज प्रदान गर्नुभएको थियो।
फेस्टिभलमा प्रस्तुत गरिएको यामाहाको स्टन्ट शो (Stunt Show) ले दर्शकहरूको ध्यानाकर्षण गर्दै माहोल तताएको थियो। प्रोफेशनल राइडरहरूले प्रस्तुत गरेको स्टन्टले यामाहाको पर्फर्मेन्स डीएनए (DNA) र बलियो मोटरस्पोर्ट्स विरासतलाई झल्काएको थियो।
दर्शकहरूसँग अझ नजिकिन यामाहाले विभिन्न अन्तरक्रियात्मक र अनुभवजन्य जोनहरू पनि सिर्जना गरेको थियो। मोटोजीपी (MotoGP) रेसिङ सेटअपसहितको गेमिङ जोन, ग्राफिटी आर्ट वाल र हेल्मेट आर्ट जोनले सहभागीहरूलाई आफ्नो रचनात्मकता देखाउन प्रोत्साहित गर्यो। साथै, MT-15 एक्स्पेरियन्स जोनमा टेस्ट राइडको व्यवस्था गरिएको थियो जहाँ युवाहरूको बाक्लो उपस्थिति देखियो।
कार्यक्रमको अर्को विशेष आकर्षण ‘MT राइड-आउट’ रह्यो, जसमा ३५ जना राइडरहरूले कस्प्ले कलाकारहरूलाई पिलियन (पछाडि) राखेर प्लाजा पुग्नुअघि नै कार्यक्रमको हाइप अझ बढाउन सफल भयो।

ओटाकु जात्रामा यामाहाको उपस्थिति केवल एक प्रायोजकको रूपमा मात्र नभई, एक स्पष्ट उद्देश्यको साथ भएको देखिन्छ। वैयक्तिक स्वतन्त्रता र फ्यानडम (Fandom) को उत्सव मनाउने यस फेस्टिभलसँग जोडिएर, यामाहाले आफूलाई समकालीन संस्कृतिसँगै अघि बढ्ने र आधुनिक युवा समुदायसँगको सम्बन्धलाई पुनर्परिभाषित गर्ने ब्रान्डको रूपमा स्थापित गरेको छ।

Advertisement Banner
Previous Post

Foreign Minister Hon. Mr. Bala Nanda Sharma arrived in Dhaka to attend the State Funeral of former Prime Minister of Bangladesh

Next Post

अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

Editorial Team

Editorial Team

Next Post
अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

Recommended

‘दिनेश अधिकारीको ‘कविताको कथा र गीतको कथा’ पुस्तक सार्वजनिक’ 

‘दिनेश अधिकारीको ‘कविताको कथा र गीतको कथा’ पुस्तक सार्वजनिक’ 

4 years ago
Bollywood star Actor Salman Khan will be arriving Nepal for his concert in Dashrath Stadium, Kathmandu on 28th of May 

Bollywood star Actor Salman Khan will be arriving Nepal for his concert in Dashrath Stadium, Kathmandu on 28th of May 

4 years ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.