योगमाया स्रष्टा सम्मान चौधरी र चापागाईंलाई

नेपाल स्रष्टा समाजले यस वर्षको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान क्रमश दाङकी शान्ता चौधरी र विराटनगरकि कविता चापागाईंलाई प्रदान गर्ने भएको छ। साहित्यकार पवन आलोकले स्थापना गर्नुभएको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान रु २५१११।- नगद राशिसहित सम्मान पत्र रहेको छ । वि.सं. २०६५ देखि यो सम्मानबाट हालसम्म १५ जना सम्मानित भइसकेका छन् । त्यस्तै समाजसेवी राजेश न्यौपाने र केदार नेउपानेले स्थापना गर्नुभएको योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान रु ५०,००१।- नगद राशिसहित सम्मानपत्र रहेको छ । वि.सं.२०७५ मा स्थापना भएको यस सम्मानबाट पांचजना सम्मानित भइसक्नुभएको छ । नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनका अनुसार आउँदो असार २२ गते योगमाया दिवसका दिन विशेष समारोहमा यी दुवै सम्मान समर्पण गरिने छ ।

Comments are closed.